Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर क्षेत्र नम्बर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह

310153404_818421589203746-1666192421.jpg

१ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो ।
    भेलामा बोल्ने उम्मेदवार तथा दलका नेताहरुले गठबन्धन बाध्यता नभई आवश्यकता भएको भन्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध भई मतदान गर्न आग्रह गरे । शान्ति प्रक्रियादेखि गणतन्त्र र संघीयता स्थापना गर्ने दलहरुबीचको गठबन्धन भएको भन्दै गठबन्धनभित्रका दलहरुले एकअर्कालाई विश्वास गर्नुपर्नेमा जोड दिएका थिए । 
 कार्यक्रममा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकातर्फबाट क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तान, नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँसहित तीनै दलका नेता कार्यकर्ताको उपस्थितिमा भेला भएको हो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सबैले आफ्नो तहबाट भूमिका खेल्न आग्रह गरे । 
    गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले आगामी निर्वाचन प्रतिगामी शक्ति र अग्रगामी शक्तिबीचको लडाईं भएको भन्दै अग्रगामी शक्ति लोकतान्त्रिक बाम गठबन्धनको जीत सुनिश्चित भएको बताए । केपी ओेलीले गठबन्धन तोड्न धेरै तिकडम गरेको तर, असफल त्यो असफल भएपछि मनोवैज्ञानिक रुपमा एमाले खस्किसकेको उनले विश्लेषण थियो । 
क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार कुमारी मोक्तानले गठबन्धनभित्रका दलहरुले प्रतिवद्ध भएर आफ्ना उम्मेदवार जिताउन लाग्नुपर्ने बताइन् । लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र उपलब्धीलाई दीगो बनाउन गठबन्धनलाई पनि दीगो बनाउनु आवश्यकता रहेको उनको भनाइ थियो । 
मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धनको साझा स्वार्थ भनेको गणतन्त्र र संविधानको रक्षा गर्नु भएको भन्दै गठबन्धन लामो समयसम्म टिक्ने दावी गरे । शान्ति प्रकियाको जगमा गठबन्धन भएको भन्दै शान्ति प्रक्रियादेखि गणतन्त्र र संघीयता स्थापना गर्ने दलहरुबीचको गठबन्धनले मात्र मुलुकको दीगो विकास गर्न सक्ने उनको भनाइ थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार