Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सचिवालय उद्घाटन

dinaaaa-1666192759.jpg

१ कात्तिक, हेटौंडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित प्रचार प्रसारका लागी लोकतान्त्रिक–बाम गठबन्धनले बुधबार हेटौंडा २ कांग्रेस चोकमा सचिवालयको स्थापना गरेको छ । 
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ लक्षित चुनावी गतिविधि र कार्यकर्ता भेटघाट तथा व्यवस्थापनका लागी सचिवालयको स्थापना गरिएको नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का संघिय सभापति दामोदर खनालले जानकारी दिए । 
सचिवालयको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, प्रदेश सभा क्षेत्र नम्बर १ क र ख का उम्मेदवार क्रमशः प्रेमबहादुर पुलामी छिन्तु र आनन्दराम पराजुली तथा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले संयुक्तरुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेसकी सह–माहामन्त्री एवं उम्मेदवार डीनाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरिन ् उनले कांग्रेस र कम्युनिष्टको गठबन्धन हेर्दा आनौठो लागेपनि व्यवस्था र विधिको साशन जोगान कांग्रेस, माओवादी र समाजवादी एकैठाउँमा उभिएको बताईन । 
उम्मेदवार डीनाले बृहत शान्ति सम्झौताको जगमा आएको व्यवस्था र सार्वभौम जनताका प्रतिनिधिले बनाएको संविधान मास्न खोजिएपछि त्यसको रक्षाका लागी लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारिन । हिजोपनि देशमा व्यवस्था परिवर्तन गर्न कांग्रेस र माओवादीको गठबन्धनबाट मात्रै सम्भव भएको स्मरण गराउँदै डीनाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले बयल गाडा चढेर चन्द्रमा पुगिदैन भनेर परिवर्तनको विरुद्धमा बोलेको स्मरण गराइन । 
उनले तिनै केपी शर्मा ओली र संविधान निर्माणका बेला संविधानको विरोधमा संसद बाहिर रहेका कमल थापा गर्धन जोडेर भोट माग्न आएको बताउँदै जनताले उनीहरुलाई जवाफ दिनुपर्ने बताइन ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवारहरु प्रेमबहादुर पुलामी छिन्तु र आनन्दरामा पराजुली र कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गठबन्धनका उम्मेदवारहरुलाई जितान आग्रह गरे । 
गठबन्धन एकढिक्का रहेको सन्देश दिँदै उनीहरुले गठकन्धनका उम्मेदवार विजयी भएपछि प्रदेश र संघमा सरकारले जनताको पक्षमा काम गर्ने दावी गरे । गठबन्धन जनताको चाहाना र समयका आवस्यकताले बनेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति रामचन्द्र माइकल अर्याल, जिल्ला सह–सचिव इन्दिरा न्यौपाने लगाएत नेपाली कांग्रेस, माओवादी केन्द्र र समजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार