Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनले हारे लोकतन्त्र संकटमाः डीना 

311948871_841302440378009-1666192970.jpg

१ कार्तिक, हेटौंडा ।  कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनले हारेमा मलुक र लोकतन्त्र संकटमा पर्ने बताएकी छिन् । 
नेपाली कांग्रेस बकैया गाउँपालिकाको आयोजनामा बुधबार बकैयामा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले पटक पटक संसद् विघटन गर्ने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई ५ दलीय गठबन्धनले नै जोगाएको स्मरण गर्दै फेरि पनि त्यस्ता तत्वले जितेमा मुलुकको विकास हुन नसक्ने धारणा राखेकी हुन् । 
‘५ दलको बीचमा अहिले आएर गठबन्धन भएको होइन, यही ५ दलले संसद्, संविधान लोकतन्त्र र मुलुक जोगाएर यहाँसम्म ल्याएको हो । संविधान अनुसारै अहिले निर्वाचन हुन लागेको छ’, डिनाले भनिन्, ‘संविधानमा हस्ताक्षर नगर्ने र संविधान मास्न खोज्नेहरु एक भएर निर्वाचनमा होमिएका छन् त्यस्ता तत्वलाई परास्त गर्न नसके मुलुक फेरि संकटतर्फ जानेछ ।’ 
मंसिर ४ गतेसम्मलाई गठबन्धनका उम्मेदवारलाई जिताउन आफूसंग भएका सम्पूर्ण संयन्त्र प्रयोग गर्न उनले नेता कार्यकर्तालाई अनुरोध समेत गरिन् । ‘मकवानपुरमा रहेर यहाँको विकास र सेवामा निरन्तर लाग्नदै आएको छ । ५ बर्ष अझ जोशका साथ तपाईंहरुकै सेवामा लाग्नेछु’, उनले भनिन्, ‘म सहकारीको माध्यमबाट पनि जिल्लाको आर्थिक विकास र बेरोजगारी समस्या हल गर्ने तथा महिलाहरुको हकहितमा लाग्दै आएको छु ।’ 
आफू कांग्रेस र रुखको प्रतिनिधिको रुपमा निर्वाचनमा होमिएको बताउँदै उनले अहिले गठबन्धनको समेत साझा उम्मेदवार भएकोले जिताउने अभियानमा लाग्न उनले अनुरोध गरिन् । विरोधीहरुले गठबन्धनको बारेमा भ्रम फैलाइरहेको भन्दै उनले निर्वाचन पछि गठबन्धन थप बलियो र एकढिक्का भएर जाने उनको दावी थियो ।
कार्यक्रममा १ को (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै व्यवस्था विरोधी तत्वलाई मतदान गरे मुलुक नै बर्बादीको दिशातर्फ जाने बताए । कार्यक्रममा कांग्रेस संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, माओवादी नेता लोकनाथ गौतम लगायतले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गर्दै एकताबद्ध भएर गठबन्धनको पक्षमा लाग्न सबैसँग आग्रह गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार