३ कार्तिक, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा बुधवार ईन्द्रसरोवर गाउँपालिकामा भएको समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो ।
बैठकमा बोल्दै ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक वनको विकासमा सहयोग गर्न गाउँपालिका सदैव तैयार रहेको बताएकी छिन ।सामुदायिक वनले उत्पादन, रोजगारी र फल दिने विरुवाको वृक्षारोपण गरि आयआर्जनमा ध्यान दिई पर्यापर्यटकीय क्षेत्रमा समेत काम गर्नु पर्नेमा जोड दिदै वहाँले क्षमता अभिवृद्धिमा समेत सामुदायिक वनले काम गर्नु पर्नेमा लामाको जोड दिइन ।
बैठकका सहभागिहरुले जनचेतना, गरिवी, न्यूनीकरण, अनावश्यक झन्झट, वन पैदावारको समुचित प्रयोग गर्न नपाएको, वन व्यवस्थापन, आयमुलक कार्यक्रम सञ्चालन, वनडढेलो नियन्त्रणका प्रयास, तालिम, गोष्ठी लगायतका क्षेत्रहरुमा काम गर्न नसकिएको बताएका थिए ।बैठकमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आर्थिक अभावका कारण समयमा नै कार्ययोजना नवीकरण गर्न नसकेको, बैठक र साधारणसभा नियमित गर्न नसकिएको गुनासो गरेका थिए ।सहभागिहरुले वन कार्यालय, स्थानीय तहबाट सहयोग नभएको,भौगोलिक विकटता, लगायतका समस्याहरुका कारण सोचे अनुसारको काम गर्न नसकिएको बताएा थिए ।
बैठकमा ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुमन श्रेष्ठ, ३ का वडा अध्यक्ष प्रताप भोमजन, ४ का वडा अध्यक्ष चन्द्र कुमार बल र ५ का वडा अध्यक्ष दुतराज तितुङले सामुदायिक वनको विकासका लागि वडा कार्यालयले सहयोग गर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको बैठकमा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, महासंघ, मकवानपुरकी सहजकर्ता सन्ध्या शिवाकोटी, सञ्चारकर्मी भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
बैठकमा सव डिभिजन नव कार्यालय ईन्द्रसरोवरका प्रमुख जियालाल यादव, रेन्जर परशुराम देवकोटा, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















