३ कार्तिक, राक्सिराङ । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ बिहीबार राक्सिराङ ३ स्थित सरिखेतमा भेला गरिएको हो ।
भेलामा सहभागी उम्मेदवार तथा दलका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन दलबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध बनी मतदान गर्न आग्रह गरेका थिए । मन र मत मिलाएर गठबन्धनका उम्मेदवार बिजयी गराएमा आगामी दिनका प्रतिगमनको खतरा नहुने धारणा नेताहरुले राखेका थिए ।
कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विरोध खतिवडाले मुलुकमा लामो संघर्षपछि प्राप्त संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि आगामी निर्वाचनमा गठबन्धनलाई विजयी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेले राजतन्त्रका पक्षधर र हिजोको आन्दोलन दबाउन लागिपर्ने शक्तिसँग अपबित्र गठबन्धन गरेको भन्दै सो गठबन्धनले सफलता नपाउने दावी गरे ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धन मुलुकको आवश्यकता भएको बताइन् । मुलुक परिवर्तनका लागि योगदान गरेका शक्तिहरु एकठाउँमा आएको बताउँदै अब मुलुकको स्थिरताका साथै विकासले गति लिने दावी गरिन् । गठबन्धनमा बनेका साझा उम्मेदवारलाई मत दिन उनले सबैमा आग्रह गरिन् ।
गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूहरुले गरिब जनताको सेवा र न्यायको लागि राजनीति गरेको भन्दै जनताले विश्वास गरेर मन र मत दुवै दिनेमा विश्वस्त रहेको बताए ।
तत्कालीन गठबन्धन दल नेकपाको झण्डै दुई तिहाईको सरकारले गरिब र निमुखा जनताको लागि कुनै पनि काम गर्न नसकेको र केपी ओलीकै अहंकारका कारण दलसमेत विभाजन भएको स्मरण गर्दै अब जनताले विकास र समृद्धिको लागि काम गर्ने नेता खोजेको बताए ।
वर्तमान व्यवस्थाले पिछडिएको चेपाङको छोरोलाई समेत मन्त्री हुने अवसर दिएको बताउँदै एमालेको हातमा सत्ता गए व्यवस्था नै गुम्ने खतरा हुने उनले बताए । गठबन्धनको नेतृत्वमा प्रदेश सरकार बनेपछि छोटो समयमै गाउँगाउँमा पूर्वाधार विकास भएको भन्दै अबको निर्वाचनमा पनि गठबन्धनकै उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेपाली कांग्रेस महासमिति सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि राजकुमार मल्ल,नेकपा माओवादी केन्द्र प्रदेश परिषद् सदस्य वनस्तम थिङ, कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्त मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
-1666280140.jpg)

















