३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताएकी छिन् ।
कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेकी छिन् । बिहीबार हेटौंडा १६, १७ र १८ नम्बर वडाका गठबन्धन दलको आयोजनामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षासंगै मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको दोहो¥याएकी हुन् ।
‘शान्ति सम्झौतादेखि नै प्रचण्ड र माधवकुमार नेपालसंग गठन्धन हुँदै आएको हो । अहिले केपी ओलीको सर्वसत्तावाद र ज्यादतीका विरुद्ध फेरि हामीले गठबन्धन गरेका हौं’, डिनाले भनिन्, ‘दायाबायाँ नसोची एकढिक्का भएर गठबन्धनलाई जिताउन लाग्नु जरुरी छ ।
सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न गठबन्धनले साझा उम्मेदवार चयन गरेको छ । हामी १४ हजार मतले माथि छौं, डराउनुपर्ने अवस्था छैन अब आफ्नो मत जोगाउँदै मतान्तर बढाउन लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’
संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्नेहरु प्रतिगामी भएको बताउँदै उनले सत्तारुढ गठबन्धनले प्रतिगामी शक्तिसंग चुनाव लडिरहेको बताइन् । ‘तपाईंको पार्टीको उम्मेदवार छैन भन्दै भ्रम फैलाउन खोजिएको छ, हामी ५ दलको साझा उम्मेदवार हौं, गठबन्धनको इमान्दारिता कायम राख्दै साझा उम्मेदवारलाई जिताउन लाग्नु आवश्यक छ’, उनले थपिन् ।
‘आ–आफ्नो गाउँठाउँको मत जोगाउँदै एमाले र राप्रपाको भ्रमलाई चिर्दै वर्तमान सरकार र गठबन्धनले गरेको राम्रो काम जनतालाई जानकारी गराउनुहोला ।’ उद्योग कलकारखाना पुनर्जिवित बनाउँदै युवालाई रोजगारीको व्यवस्था गर्ने, हेटौंडालाई व्यवस्थित औद्योगिक नगरी बनाउने तथा शिक्षा, स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासलाई जोड दिने योजना रहेको उनले सुनाइन् ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















