Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हामी ५ दलकै साझा उम्मेदवार हौं : पराजुली

aaa-1666281904.jpg

३ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार आन्दराम पराजुलीले आफूहरु ५ दलकै साझा उम्मेदवार भएकोले सबै राजनीतिक दलले अपनत्व ग्रहण गर्ने गरी काम गर्ने बताएका छन् । 
गठबन्धनले हटियामा आयोजना गरेको कार्यक्रममा उनले अब ५ दलकै नेता कार्यकर्ताहरुले एक अर्कालाई विश्वास गर्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन लाग्ने बेला आएको बताएका छन् । 
‘गठबन्धनलाई विश्वास नगर्दा एकजना माननीयले हार्यो भने गठबन्धन नै सरकार बाहिर रहने स्थिति आउनसक्छ’, पराजुलीले भने, ‘संविधान च्यात्न खोज्ने र जनतामाथि कुठाराघात गर्नेहरु विरुद्ध बनेको यो पवित्र गठबन्धन हो । संविधान र व्यवस्था विरोधी तत्वहरु हाम्रो प्रतिस्पर्धी छन् भनेर हामीले बुझ्न र बुझाउन जरुरी छ ।’ 
जनताको प्रतिनिधि बनाएर पठाउन अनुरोध गर्दै उनले प्रत्येक दिन २४ घण्टा नै जनताको सेवामा खटिने प्रतिबद्धता जनाए । ‘म २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकको मेयरको उम्मेदवार थिएँ, मत पाएर पनि प्राविधिक रुपमा हामी हा¥यौं’, उनले थपे, ‘मेयरमा हारेदेखि नै निरन्तर जनताको सेवामै छु, रहिरहनेछु ।’ 
प्रदेश सभा क्षेत्र नम्बर (क) मा प्रेमबहादुर पुलामी र (ख) मा आफूलाई मतदान गर्न अनुरोध गर्दै उनले प्रतिनिधिसभा सदस्य पदका लागि केन्द्रमा पहुँच भएको र मकवानपुरको भूगोल बुझेको महिला नेतृ महालक्ष्मी उपाध्याय डिना उम्मेदवार रहेकोले मतदान गर्न अनुरोध गरे । 
नेकपा माओवादी केन्द्रका १७ नम्बर वडा अध्यक्ष रंग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य कृष्णबहादुर सापकोटा, नगर अध्यक्ष ध्रुवबहादुर भुजेल, नेपाली कांग्रेसका संघीय सभापति दामोदर खनाल, नेकपा माओवादी केन्द्रका नेता विजय गौतम लगायतले गठबन्धनको जित सुनिश्चित भएको धारणा राखे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार