Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुलुकमा विदेशी दबाब रोक्न राष्ट्रवादी सरकार बन्नु पर्छः कमल थापा

312199824_846305379837917-1666312424.jpg

४ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर एकका नेकपा एमालेका उम्मेद्बार राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभावलाइ रोक्न राष्ट्रवादी सरकार बन्नु पर्ने बताएका छन् । देशी बिदेशी शक्तिहरुलाई रोक्न एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाई छ ।
नेकपा एमाले हेटौंडा १२ को निर्वाचन परिचालन कमिटीद्वारा आयोजित बिस्तारीत बैठकलाई सम्बोधन गर्दै विदेशी दवाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने थापाको भनाइ छ ।
मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा उभिनुको बिकल्प नरहेको उनले बताए ।
मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले देशमा भैरहेका गलत क्रियाकलाप रोक्न एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा एमाले सङ्गको सहकार्यमा जनताको सेवा गर्ने आएको थापाको भनाई थियो ।
नेपाली कांग्रेस नेतृत्वमा भएको गठबन्धन निहित स्वार्थका लागि मात्र भएको उनले अरोप लगाए ।
१२ वडा कमिटीका निर्वाचन परिचालन कमिटीका संयोजक अर्जुन अर्यालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर १ –ख) का उम्मेद्बार एकालाल श्रेष्ठ, एमाले सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान लगायतको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार