४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर–१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले सबै सेवामा आम जनताको पहँुच बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीले आयोजना गरेको अगुवा महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले विगतदेखी नै हाल कायम रहेको सत्तारुढ गठबन्धनको दलहरु नेपालको राष्ट्रियता र लोकतन्त्र स्थापित गर्दै आम जनताको पहुँच शिक्षा,स्वास्थ्य लगायत सबै सेवा पुर्याउन लागि परिरहेको बताइन् ।
डीनाले नेपालको संविधानमा महिला,पिछडिएका वर्ग,दलित,जनजातीको हक अधिकार सुनिश्चित गर्न आफ्नो पनि भुमिका रहेको सुनाइन् । मकवानपुरको दुवै प्रतिनीधिसभा र प्रदेशसभामा गठबन्धनको जीत सुनिश्चित रहेको उनको भनाई छ । ‘मकवानपुरमा गठबन्धनको जीत सुनिश्चित छ’,उनले भनिन् ।
यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ख का उम्मेदवार आनन्दराम पराजुलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्ध्नको प्रतिष्पर्धा संविधान च्यात्ने र देशलाई गलत दिशामा लैजान खोज्नेसँग भएको बताए । अप्ठेरो समयमा सधैं कांग्रेसले देशको नेतृत्व गरेको भन्दै पराजुलीले निर्वाचनपछि पनि देशको नेतृत्व कांग्रेसले नै गर्ने बताए ।
पदमा नहुँदा पनि आफू सधैं जनताको साथमा रहेको भन्दै उनले एमाले चुनाव आएपछि मात्रै जनतालाई भेट्न आउने गरेको आरोप लगाए । आगामी निर्वाचनले देशको भविष्य निधाएरण गर्ने भएकोले गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई थियो । नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीको अध्यक्ष देवी मिश्रको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















