४ कार्तिक, कैलाश । लोकतान्त्रिक बाम गठबन्धनको सिफारिसमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रबहादुर बानियाँले विपक्षी पार्टी एमालेबाट उम्मेद्वार बनेकाहरुको जनपक्षीय कामबारे प्रश्न उठाएका छन् । यसअघिको साढे तीनवर्षसम्म एमाले नेतृत्वको सरकार हुँदा आफ्नो क्षेत्रको विकासका लागि केही काम नगरेको भन्दै जनताले उनीहरुलाई भोट हाल्नुपर्ने आधार खोज्नुपर्ने बताएका हुन् ।
शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका ३ स्थित कालिकाटारमा भएको गठबन्धन दलको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले भने–’महेश वर्ताैला भन्ने ४० वर्षीय युवा अहिलेसम्म कहाँ गएर लुकेर बसेका थिए ? त्यत्रो ३ वर्षसम्म एमालेले एकलौटी रुपमा सरकार चलाएको थियो । केन्द्र र प्रदेशमै साढे तीन वर्ष लालबहादुर र महेशको पार्टीले सरकारको नेतृत्व गरिरहँदा यो क्षेत्रमा कति बजेट ल्याए ? गाउँलेका दुखमा कहाँ साथ दिए ? जनताले प्रश्न गर्नेछन् । ’
केपी ओेलीको चाकडी गरेकै भरमा वर्ताैलाले टिकट पाएको भन्दै बानियाँले आफ्नै भूगोल र परिवेशबारे बर्ताैलालाई राम्ररी जानकारीसमेत नभएको दावी गरे ।’हामीलाई पाहुना उम्मेदवार भन्दै हिँड्छन् रे, हो हामी पाहुना नै भए पनि भूगोलको विकासमा गर्व गर्न लायक काम पनि गरेका छौं, तर महेश भाईहरुले के गरे ?’ बानियाँले भने–’महेशले आफूले आफूलाई र केही आसेपासेबाहेक कसैले पनि भोट हाल्नेवाला छैनन् ।’
मुलुकको व्यवस्था परिवर्तनको लागि आन्दोलन हुँदा त्यसलाई रोक्न खोज्ने र देश टुक्र्याउने नारा दिने शक्तिहरुसँग गठबन्धन गरेर एमाले नैतिक रुपमै पतन भएको बानियाँको भनाइ थियो । ’हिजो गणतन्त्रको लागि आन्दोलन हुँदा गोली हान्ने कमल थापाहरु, तराई टुक्र्याउछु भन्ने सिके राउत जस्तालाई दोबाटोमा बसेर एमालेले सूर्य चिन्ह बेचेको छ ।’ बानियाँले भने ’अब नैतिक रुपमै एमाले भासिइसकेको छ । जनताले विश्वास गर्ने आधार नै छैन ।’
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















