Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेले जिते संविधान, गणतन्त्र र प्राप्त उपलब्धि ध्वस्तः खतिवडा

Birodh-1666442593.jpg

५ कार्तिक, मनहरी । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले मंसिर ४ को निर्वाचन एमालेले जितेमा संविधान, गणतन्त्र र हालसम्म प्राप्त उपलब्धी ध्वस्त हुने बताएका छन् । 
गठबन्धन दलको आयोजनामा शनिबार मनहरी गाउँपालिकाको रजैयामा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका कारण नेकपा (एस) जन्मेको र अहिले गठबन्धन बनेको बताए । 
‘संविधान मास्ने कुचेष्टा गरे । २÷२ पटक संसद् भंग गर्न खोजे, पार्टीमा पनि ज्यादती र मनलाग्दी गर्दै गए’, खतिवडाले भने, ‘हुँदाहुँदै अहिले राजा फर्काउँछु भन्ने राजेन्द्र लिङ्देन, देश टुकाउछु भन्ने सिके राउत, व्यवस्था विरोधी कमल थापा लगायतसंग साँठगाँठ गरेका छन् । केपीले अहिले गरेको क्रियाकलापबाट हामीले हिजो लगाएको आरोपहरु प्रमाणित हुँदै गएका छन् ।’ 
कमल थापाको दमनका कारण धेरै परिवर्तनकारी नेताहरु जेल बस्न बाध्य भएको स्मरण गर्दै उनले एमालेले कसरी कमल थापालाई भोट हाल्नसक्छ ? भन्ने प्रश्न गरे । ‘फेरि पनि एमालेले जित्यो भने मुलुक नै ध्वस्त पार्छ, अझ प्रतिगमनको खतरा हुनेछ’, खतिवडाले थपे, ‘अहिले एमालेसंग कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारलाई अनेक आरोप लगाउने, युवा र बृद्ध उम्मेदवारको कुरा निकाल्ने, स्थानीय कि बाहिरको भन्ने जस्ता कुरा उठाइरहेका छन् । ति नेताहरुलाई म भन्न चाहन्छु, म मकवानपुरलाई क्षेत्र बनाएर राजनीति गर्दै आएको व्यक्ति हुँ ।’ 
कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन अग्रगामी गठबन्धन भएको दावी गर्दै उनले मुलुकको परिवर्तनका लागि भएको आन्दोलनमा जेल परेकाहरु अहिले गठबन्धनमा रहेको प्रष्ट पारे । कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न उनले गठबन्धनका नेता कार्यकर्तालाई अनुरोध गरे । जित पश्चात पनि सामुहिक रुपमै मकवानपुरको विकास र समृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार