५ कार्तिक, मनहरी । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमालेमा नेता र नीति ठीक नभएको भन्दै त्यस्तो पार्टीले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।
मनहरीको रजैयामा भएको कार्यक्रममा उनले संविधानको रक्षा, संघीयता, धर्मनरपिक्षेता र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनको जितले मात्रै मुलुकको विकास र समृद्धि सम्भव रहेको बताएका हुन् । ५ दलको बीचमा गठबन्धन भएको तथा एमाले र राप्रपाको भने लठबन्धन भएको उनको आरोप थियो ।
‘गठबन्धन देखि अत्तालिएर अहिले गणतन्त्र नमान्नेहरुको लठबन्धन भएको छ । केपी ओलीले देश टुक्राउँछु भन्ने सिके राउत र दमनकारी कमल थापालाई लिएर हिँडेका छन् । मंसिर ४ मा जनताले प्रतिगमनकारीलाई ठेगान लगाउनेछन्’, बानियाँले भने, ‘नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिन सक्दैन त्यसकारण गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दछु ।’
नेपालका असली वामपन्थी पार्टीहरु अहिले कांग्रेससंगको लोकतान्त्रिक–वाम गठबन्धनमा समाहित भएको भन्दै उनले केपी बा प्रधानमन्त्री र डोरमणि काका मुख्यमन्त्री हुँदा एमालेका उम्मेदवार लालबहादुर र युवा भन्ने महेशले कति बजेट ल्याए ? भन्दै प्रश्न गर्न उनले आग्रह गरे ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन चाहिने योग्यता नै थाहा नभएका एमालेका उम्मेदवारले अहिले गठबन्धनका उम्मेदवारलाई ‘टुरिष्ट’, ‘बृद्ध’ जस्तो आरोप लगाइरहेको भन्दै बानियाँले भने, ‘१३ जिल्लाको जोकोही नेता प्रदेशसभामा र जुनसुकै जिल्लाको भएपनि नेपालका जुनकुनै जिल्लामा गएर प्रतिनिधिसभामा उठ्न पाइन्छ भन्ने ति युवा नेतालाई जानकारी होस् ।
हामी नेपाली हौं, अझ मकवानपुरका हौं, मकवानपुरको सेवा गर्न राजनीतिमा लागेका छौं । २ नम्बर क्षेत्रको विकास गर्न आएका हौं ।’ जनताको अवस्था परिवर्तन गर्न गठबन्धन गरेको उल्लेख गर्दै उनले गठबन्धनकै पक्षमा मतदान गर्न अपिल गरे ।
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...





-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
