५ कार्तिक, मनहरी । मकवानपुरको क्षेत्र नम्बर २ को (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भैरहेको भन्दै प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरेकी छन् ।
रजैयाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा मकवानपुरमा गठबन्धन सत्प्रतिशत सफल भएको स्मरण गर्दै यस निर्वाचनमा पनि ६ जना नै उम्मेदवारले विजयको माला पहि¥याउने दावी गरन् ि।
‘अघिल्ला निर्वाचनहरु सम्झेर प्रतिशोधको भावना नराख्नुहोला यसले ठीक गर्दैन, गठबन्धन अहिले राष्ट्रिय आवश्यकता हो । चुनावपछि पनि गठबन्धन जारी नै रहन्छ । मकवानपुरको विकास पनि गठबन्धन मिलेरै गर्ने हो’, बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘गठबन्धनमा सबै आफैले मात्र लिने भन्ने हुँदैन ।
गठबन्धन हुँदा सबै पार्टीलाई मिलाउनुपर्ने अवस्था भएकोले धेरै आकांक्षीहरुलाई चोट पुगेको पनि हुनसक्छ । गठबन्धनको उम्मेदवार मकवानपुरमा ६ जना हो, मेरो पार्टीको हो वा होइन भनेर हेर्ने बेला होइन, ६ जनालाई नै जिताउन सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी छ ।’
गठबन्धनका उम्मेदवारहरु मुख्यमन्त्री देखि केन्द्रको मन्त्रीसम्म हुनसक्ने हैसियतको भएको उल्लेख गर्दै मोक्तानले सत्ता गठबन्धनको जितले मात्रै मुलुकको विकास र हिन हुनसक्ने बताइन् । तपाईहरुले सोचेको जस्तै विकास गठबन्धनले मात्रै गर्नसक्ने उनको दावी थियो ।
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, नेकपा (एस) का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती लगायतले मकवानपुरमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














