Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन 

313085386_439372481686137-1666973811.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । 
मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो । 
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन विरुद्घ उभिएका दलहरुका तर्फबाट साझा उम्मेदवारलाई जिताउनका लागि आव्हान गरे । 
‘काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत प्रतिगमन विरुद्घका दलहरुको साझा उम्मेदवारका रुपमा बाम लोकतान्त्रिक गठबन्का तर्फबाट हामी जनताको माझ आएका छौं ।’ खतिवडाले भने,‘  संविधान तथा व्यवस्था जोगाउँनका लागि साझा उम्मेदवारका रुपमा गठबन्धन निर्माण गरी जनताका माझ आएकाले हाम्रो जीत निश्चित छ ।’ 
यस्तै, प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले आफ्नो पार्टीको उम्मेदवार नभएपनि देशमा पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धनको उम्मेदवारलाई मत दिनुपर्ने बताईन् । 
कार्यक्रममा गठबन्धनमा आबद्घ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु प्रल्हाद लामिछाने, मानकुमारी नेपाली, एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णुप्रसाद दाहाल, पार्टीका भूमिनन्द अर्याल, अर्जुन दाहाल, नेपाली कांग्रेसका यतिराज सापकोटा, राजवीर मोक्तान, माओवादी केन्द्रका राजकुमार खड्का लगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिती थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार