Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

म जनताको सेवामा निरन्तर लागिरहन्छु, अरुको जस्तो अन्तिम पटक भनेर भाग्दिनः डीना

313206746_637579954516325-1667048349.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आफु निरन्तर जनताको सेवामा रहने बताएकी छन् । 
उनले जनताको सेवा भावनाकै कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा शनिवार भएको चुनाव प्रचार प्रसार कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै डीनाले आफु अरुको जस्तो अन्तिम पटक भन्दै भाग्ने मनसायले चुनावी प्रतिस्पर्धामा नआएको दावी गरिन् ।
"यहाँ केही उम्मेदवारहरु मेरो अन्तिम पटक हो । मलाई बचाईदिनुस भन्दै आएका छन् । उनीहरु त्यसपछि फेरी जनताको माझमा जनताको माझामा फर्किदैनन् ।" डीनाले दावी गरिन् । डीनाले उनीहरुको अन्तिम पटकमा नझुक्किन पनि आग्रह गरिन् । अन्तिम पटक भनेर आएकाहरु विगितमा जस्तौ नफर्कने उनको दावी थियो । 
नेपाली कांग्रेस हेटौंडा १६ नम्बर वडा सभापति सोमनाथ दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीको केन्द्रीय सदस्य धनप्रसाद गौतम, प्रदेश सभा क्षेत्र नम्बर १ (क)का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
नेविसंघ मकवापनुरका अध्यक्ष राजु खतिवडाले सहजिकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदय देवकी गौतम, माओवादी केन्द्रकी प्रदेश सह–सचिव लक्ष्मी माझी, नेपाली कांग्रेसका सचिव भिमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुन प्रसाद चौलागाई, नगर सभापति उत्सव इटेनी, तरुण दल मकवानपुरका सचिव सचित थापा लगाएत लोकतान्त्रिक गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

थप समाचार