Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

इमान्दार भएर चुनावी अभियानमा लाग्न पराजुलीको आग्रह

313278069_510951713981681-1667049405.jpg

१२ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् । 
शनिबार हेटौंडा–४ नम्बर वडामा गठबन्धनको प्रचार कार्यालय उद्घाटन गर्दै उनले अबको केहीदिन ५ वटै दलका नेता कार्यकर्ताहरु गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्नुपर्ने बताएका हुन् । 
‘मुलुकलाई अप्ठेरो पर्दा कांग्रेसको नेतृत्वमा गठबन्धन हुँदै आएको छ । हामीले गरेको गठबन्धन पवित्र छ, मुलुकको आवश्यकता अनुसार भएको छ’, उनले भने, ‘हामी घरघरमा पुगेर गठबन्धनको आवश्यकता र महत्व बुझाउँदै हाम्रा एजेण्डा बताउनु जरुरी छ ।’ गठबन्धन दलको मुख्य एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार विकास रहेको पराजुलीले बताए । गठबन्धन दलको बिषयमा विरोधीहरुले भ्रम सृजना गर्दै प्रलोभन देखाइरहेको भन्दै उनले त्यसलाई समेत चिर्न जरुरी रहेको औंल्याए । 
मकवानपुरमा स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन सफल भैसकेको स्मरण गर्दै उनले मंसिर ४ को निर्वाचनबाट गठबन्धनका ६ जनै उम्मेदवार विजयी हुने दावी गरे । गठबन्धनले हारेमा प्रतिगामी तत्वले फेरि टाउको उठाउने पराजुलीको भनाई थियो । कांग्रेस ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धन दलका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

थप समाचार