१३ कार्तिक, हेटौंडा । गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् ।
हेटौंडा ८ मा भएको कार्यक्रममा उनले भने, ‘गठन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई भोट हाल्दैन, कांग्रेसले कांग्रेसकै उम्मेदवारलाई भोट दिँदैन भनेर चोकचौतारामा गलत हल्ला फैलाइएको पाएका छौं । यस्ता कुरामा कुनै तुक छैन । गठबन्धनबाट मकवानपुरका ६ जनै उम्मेदवार विजयी हुनेछौं ।’
मकवानपुरमा पटक पटक एमालेलाई जिताएपनि देखिने काम केही नभएको उल्लेख गर्दैै उनले एकपटक लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे । ‘हामी एमालेलाई हराउन गठन्धन गरेका होइनौं । हाम्रो अधिकार एवम् प्राप्त उपलब्धीहरुको रक्षा, संविधान र मुलुकलाई जोगाउनका लागि गठबन्धन गरेका हौं’, पराजुलीले थपे, ‘म सहित गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यायलाई समेत मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।’
संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको महिला नेतृ उम्मेदवारको रुपमा पाएको उल्लेख गर्दै उनले डिना उपाध्यायले जितेमा मकवानपुरले मन्त्री पाउने जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामजी नेपाल, नेकपा एसका हेटौंडा उपमहानगर अध्यक्ष ध्रुव भुजेल लगायतले गठबन्धनको जितले मात्रै मुलुकको हित हुनसक्ने धारणा राखेका थिए ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














