Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आफ्नो प्रभाव बढाउँदै डीना

Dina-1667136365.jpg

१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ब्ँँट प्रतिनिधिसभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । 
अहिले उनको पक्षमा टोल, गाउ ँहुँदै क्रमशः माहौल सिर्जना भइरहेको छ । विपक्षीले उनीको बजारमा पकड कमजोर रहेको आरोप लगाइरहेको अवस्थामा कोर बजार एरियामै उनको पक्षमा माहौल देखिएको हो । विशेष गरी, सामाजिक, सहकारी, महिला अधिकारकर्मी र युवाहरु उनको पक्षमा खुलेरै मत माग्न थालेका छन् । 
‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । मैले जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हँ’, डीनाले सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा समाजवादी र अन्य दलको दरिलो साथ रहेका कारण आफू सहजै विजयी हुने बताइन् । अहिले उनी दैनिक एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएर आफ्नो मिसन र भिजन सवै माझ पस्किरहेकी छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चारजना महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएपछि एमालेभित्र तनावको अवस्था सिर्जना भएको छ । जुन उम्मेदवारी दर्ताकै दिनमा देखिएको छ । राप्रपाका जनाधार यसक्षेत्रमा कमजोर रहेको छ ।  
यस निर्वाचन क्षेत्रका स्थानीय तहमा कांग्रेस र माओवादीको उपस्थिति बलियो रहेका कारण उनलाई चुनावी नतीजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ । घरदैलो र कार्यकर्ता भेटघाटको क्रममा डीना अहिले गाउँगाउँमा पुगेकी छन् । कार्यकर्ता तथा स्थानीयको मायाबाट हौसिएकी छन् ।
डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् ।

यस निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वाग्मती गापाको ९ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ ।
चारवटा पालिकामै सत्तारुढ गठबन्धनको मात्र मेयर÷उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । यसक्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य चार गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन् । उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार