Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपालको हरेक परिवर्तनमा महिलाको भूमिका अग्रणीः नेता बानियाँ

313075006_638732017751349-1667219357.jpg

१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेपालको हरेक परिवर्तनमा महिलाहरुको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
सोमबार मनहरीको रजैयामा लोकतान्त्रिक बाम गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका महिला संगठनको संयुक्त भेलामा बोल्दै नेता बानियाँले राणा, राजा र गणतन्त्र स्थापनाको लागि नेपाली महिला दिदीबहिनीहरुको अग्रणी भूमिका रहेको बताएका हुन् ।
केपी ओली नेतृत्वको एमालेका् नीति, नियत र नेता ठिक नभएको भन्दै नेता बानियाँले ओली नेतृत्वको एमालेले संविधान, गणतन्त्र र ब्यवस्था मास्न दुईदुई पटक संसद भंग गर्ने जस्तो घृणित कार्य गरेकाले यो लोकतान्त्रिक बाम गठबन्धनको निर्माण भएको स्पष्ट पारे । स्थानीय निकायको निर्वाचनमा केही तिक्तता भए र नमिलेको मन भए मिलाएर लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आग्रह गर्दै नेता बानियाँले अब आम मतदातालाई घरघरमा गएर मतदान शिक्षा सिकाउन लाग्नसमेत अनुरोध गरे ।
कांग्रेस नेतृ कमला मैनालीको सभाध्यक्षतामा भएको लोकतान्त्रिक बाम गठबन्धनका महिला संगठनहरुको संयुक्त भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, कांग्रेस मकवानपुरकी सहसचिव ईन्दिरा न्यौपाने, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सीता पुलामी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य आशा बल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

थप समाचार