१४ कार्तिक, हेटौंडा । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा संयुक्त प्रचार प्रसार कार्यालय शुभारम्भ गरिएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनको मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले पाँच वर्षअघिको चुनावमा आफ्नो प्रचारमा हिड्नेले अहिले टुरिस्ट उम्मेद्वार भन्दै कुप्रचार गरेको टिप्पणी गरे । ‘गएको प्रतिनिधीसभाको चुनावमा मेरा लागि भोट माग्दै हिड्ने अहिले आफू उम्मेद्वार बनेपछि मलाई टुरिस्ट भन्दै हिडेको सुनियो ।’नेता खतिवडाले भने,‘नेपालको जुनसुकै क्षेत्रमा गएर पनि प्रतिनिधीसभाको सदस्यमा उम्मेदवारी दिन पाइन्छ भन्ने कानूनको आधारभूत ज्ञान पनि उनमा रहेनछ ।’
खतिवडाले आफूसंगै प्रतिष्पर्धा गर्न नेकपा एमालेबाट उम्मेदवारी दिएका महेशकुमार बर्तौैलालाई संकेत गर्दै भने,‘कानून पढेको मान्छेलाई प्रतिनिधीसभाको सदस्य बन्नका लागि देशको जुनसुकै भूगोलमा गएर पनि उम्मेद्वार बन्न पाइन्छ भन्ने थाहा रहेनछ ।’ प्रतिनिधीसभाको सदस्य हुन स्थानीय नभएपनि हुने तर वडा अध्यक्षको लागि भने स्थानीय वडाकै हुनुपर्ने ज्ञान उनमा नभएको खतिवडाले टिप्पणी गरे ।
‘प्रतिनिधीसभाको लागि स्थानीय नै चाहिने भन्ने बुझाई हो भने उनलाई वडा अध्यक्षमा उम्मेदवारी दिन सुहाउँछ । बरु त्यतातिर तयारी गर्दा हुन्छ ।’ खतिवडाले व्यङ्ग्य गरे,‘वडाअध्यक्षमा उठ्ने हो भने म पनि सहयोग गरौंला ।’ उनले प्रतिनिधीसभाका लागि देशको जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्न सक्ने भएकाले स्थानीय नै हुनुपर्छ भनेर अनावश्यक भ्रम छर्ने काम गरिएकोप्रति आपत्ति समेत जनाए ।
खतिवडाले मकवानपुरको हेटौंडाकै मुख्यमन्त्री बनेर पनि एमालेका डोरमणि पौडेलले मकवानपुरमा दश करोड भन्दा माथिको योजना नपारेकाले अब पनि एमालेबाट विकासको आशा गर्नु बेकार हुने बताए ।
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















