१५ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फर्किएकी मनहरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मनिला बिष्टको वडामा एमालेका जिल्ला सदस्य एवम् गत चुनावमा वडाध्यक्षका प्रत्यासी सानुकान्छा तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका छन् ।
सोमबार मनहरी ९ रजैयामा आयोजित गठबन्धन आबद्ध दलका महिला संगठनको कार्यकर्ता भेलाका बीच तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य तितुङ, संगठित सदस्य भगवान रेग्मी, गणेश सुनाम, बिष्णुमाया थिङ गोमा, शेरबहादुर तितुङ लगायत रहेका छन् ।
उनीहरुलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ, कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतका नेताहरुले टीका, खादा र माला लगाएर कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।
एमाले हराउन लागिपरेका नेताहरु नै अहिले एमालेको प्यारो भएकोले मुलुकको विकास र समृद्धि गर्ने पार्टी कांग्रेस रोजेको तितुङले बताए । गठबन्धनका उम्मेदवार जिताउने अभियानमा आजैबाट सकृय हुने उनले प्रतिबद्धता जनाए ।
एमालेको झुटो आस्वासन र झुटा नाराले अब कसैले पनि एमालेलाई मत नहाल्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्यको उम्मेदवार बानियाँले कांग्रेसप्रती बढ्दो आकर्षणले नै कांग्रेस र गठबन्धनको जित सुनिस्चित देखिएको बताए ।
गाउँपालिका सभापति प्रकाश बर्तौलाले नवप्रवेशीहरुलाई योग्यता र्क्षमताको आधारमा जिम्मेवारी दिइने प्रतिबद्धता जनाए । तितुङ अघिल्लो र यसपटकको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका थिए ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















