१५ कार्तिक, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि आज (सोमबार) निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार मकवानपुर विरोध खतिवडाले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का स्थायी समिती सदस्य समेत रहेका नेता खतिवडाले आफ्नो क्षेत्रमा गत स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्षले आफूलाई जिताउन आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्घता जनाएको खुलासा गरेका छन् । उनले भने, ‘एमालेबाट चुनाव जितेका झन्डै आर्जन वडाध्यक्षले मलाई यो चुनावमा सघाउने प्रतिबद्घता जनाइसकेका छन् । त्यसो हुँदा हामी दोब्बर मतले विजय हुन्छौं ।’
खतिवडाले आफूलाई सघाउने बचन दिएका वडाध्यक्षको नामै भनिदिन मन भएपनि भोलि एमालेले उनीहरुलाई असजिलो पार्ने भएकाले उनीहरुको परिचय भने अहिले गोप्य राख्नुपर्ने बताए ।
‘मलाई अनि गठबन्धनलाई जिताउन लागिपरिरहेका उनीहरुको नामै पनि भनिदिन हुन्थ्यो । तर नामै भन्दा अरिङ्गालहरु गएर झम्टिदेलान् । उनीहरुमाथि प्रहार होला भन्ने डर भएकाले अहिलेलाई हामी ढुक्क भएर बस्दा मात्र हुन्छ ।’
एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको उनले बताए । इन्द्रसरोबर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिबद्घता पनि उनले जनाए ।
‘इन्द्रसरोबर फेवातालको विकल्प बन्नेछ । यसबाट पर्यटकीय विकास हुनेछ ।’ खतिवडाले भने, ‘पर्यटन, होटल र अन्य व्यवसायका लागि यसबाट फाइदा पुग्नेछ ।’ उनले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा इन्द्रसरोबरलाई एक नम्बरमा पारिएको उल्लेख गरे ।
यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले बागमती प्रदेशमा चार वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचजति काम गर्न नपाएको बताइन् ।
‘डोरमणि पौडेल मुख्यमन्त्री भएकाले आफ्नालाई छानी छानी बजेट दिए ।’ मोक्तानले भनिन्,‘चार वर्षमा विकास गर्न सकिएन । गठबन्धन बनेपछिको एक वर्षमा तपाईंहरुका लागि सकेजति बजेट ल्याइयो ।’
निर्वाचन परिचालन कार्यालय उद्घाटन नेपाली कांग्रेसका इन्द्रसरोबर गाउँपालिकाका सभापति विश्व लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

















