१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले देश निर्माणको अभियानमा एमाले मात्र लागेको बताउनुभएको छ। मङ्गलबार नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घको भेलामा बोल्दै नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियानमा हिडेको बताए।
उम्मेद्बार श्रेष्ठले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने जिम्मा पनि एमालेको भएको बताउनुभयो ।
मुलुकको विकासका लागि एमालेले थालेका कामहरूको निरन्तरता दिन पनि एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठले जोड दिएका थिए ।देश चलाउने र बनाउने विषय भएकाले राष्ट्रिवादी सरकार निर्माण महत्त्वपूर्ण भएको उहाँको भनाई थियो । मङ्सिर ४ को निर्वाचनमा राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टी नेकपा एमालेलाई मतदान गर्न श्रेष्ठको आग्रह थियो ।
अघिल्लो निर्वाचनमा यश क्षेत्रबाट निर्वाचित प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका बिकास निर्माणका कामको संरक्षण र सुरुगरेका कामलाई आफुले पुर्णता दिने समेत उहाँको भनाई थियो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, एमालेका बागमती प्रदेशका नेताहरु रघुनाथ खुलाल, पद्मा पौडेल, अनेमासंघका पार्वती राना, सुमित्रा काफ्ले लगायतकाको आतिथ्यता रहेको थियो ।
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















