Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतन्त्र जोगाउन र विकास गर्न लोकतान्त्रिक गठबन्धन : थापा

23600240_1458132847605354-1510667572.jpg

२८ कार्तिक, हेटौंडा  प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले लोकतन्त्र जोगाउन र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनु भएको छ । 
हेटौँडा–१५ भोर्लेमा चुनाव प्रचार कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री समेत रहनु भएका थापाले देशमा दुई तिहाई ल्याएर लोकतन्त्र मास्ने षड्यन्त्रमा बाम गठबन्धन लागेकाले लोकतान्त्रिक गठबन्धन बनाएर यसको रक्षाका लागि उत्रनु परेको बताए । उनले लोकतन्त्रको रक्षा र जिल्लाको विकासका लागि मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेकोले मतदाताले साथ दिनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार अशोक शाक्यले जिल्लालाई विकासबाट पछि पार्ने यसअघिका नेताहरु पुनः मत माग्न आईरहेको भन्दै जनताले यसपटकको निर्वाचनबाट उनीहरुलाई विदा दिने बताए । 
वडा प्र्रचारप्र्रसार समितिका संयोजक गुञ्जबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा अध्यक्ष महारत्न लामा लगायतले मन्तव्य गरेका थिए । कार्यक्रममा नेपाली कांग्र्रेस र राप्र्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार