Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आनन्दराम घरघर पुग्दा हेटौंडाका मतदाता उत्साही

Aandaram-1667735452.jpg

२० कार्तिक, हेटौंडा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले आइतबारपनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को रातोमाटे, पनेस, बारुते, जाते लगाएतका क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । उम्मेदवार पराजुलीले नागरिकसँग भेट्घाट गर्नुका साथै उनीहरुको गुनासो सुनेका छन् । भेटघाटका क्रममा स्थानीयले पराजुलीलाई जितको शुभकामनासँगै जितेर गएपछि पनि नगरिकको घरदैलोमा पुग्न सुझाव दिएका थिए । स्थानीय जयनारायण श्रेष्ठले पराजुली २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा हार्दा दुःख लागेको स्मरण गर्दै यसपटक पराजुलीको जित निश्चित रहेकोे बताए । श्रेष्ठले पराजित हुँदापनि पराजुली निरन्तर नागरिकसँगै रहेकोले यसपटक जिताएरै पठाउँने बताए ।

उक्त अवसरमा स्थानीयहरुले नागरिकका सामान्य आवस्यकताका विषयमा ध्यान पु¥याउन आग्रह गर्दै विगतका निर्वाचित प्रतिनिधिहरुले गरे जस्तो कमिकमजोरी नदोहो¥याउन सचेत गराएका थिए । नागरिकका गुनासो सुझाव सुनेका पराजुलीले आफुले विगतमा चुनाव हार्दापनि निरन्तर जनताको आवस्यकतासँग जोडिएको बताए । उनले एकपटक निर्वाचित गरेर पठाए कहिल्यै गुनासो आउन नदिनेगरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पराजुलीले नागरिकका आम चासोका विषयहरु सर्वसुलभ शिक्षा, सहज स्वास्थ्य उपचार, सुरक्षाको ग्यारेन्टी, युवाहरुलाई रोजगारी जस्ता कुरानै आफ्नो प्राथमिकतामा रहेको जानकारी गराउँदै आफुले बोलेको कुरा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार