२० कार्तिक, हेटौंडा । महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् ।
लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार सुनिश्चित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । २०३९ सालबाट राजनीति सुरु गरेकी डीना मकवानपुरमा महिलाहरुको सशक्तिकरणको अभियान संचालन गरेकी अभियान्ता हुन् ।
उनले मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रोढ शिक्षाको मात्रै सुरुवात गरिनन्, महिलालाई आर्थिक रुपमा सशक्त गर्ने अभियान पनि चलाइन् । डीनाले मकवानपुरको महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन विभिन्न तालिमहरु संचालन गरेर महिलालाई व्यवसायसँग जोड्ने तथा सहकारीमार्फत उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि चलाइन् । उनले २०५५ सालमा मकवानपुरमा दिव्यतारा बहुउद्देश्यीय सहकारी स्थापना गरिन् ।
उक्त सहकारीको सस्ंथापक अध्यक्ष डीनाले सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि गाउँ–गाउँमा पुगिन् । जिल्लाको विभिन्न विकट गाउँमा पुगेर उनले महिलाहरुलाई सहकारीमा जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरिन् । हाल उनी उक्त सहकारीको संरक्षक छिन् । डीनाले महिला सशक्तिकरणको लागि खोलेको सहकारीले हाल रेडियो, सुपथ सहकारी पसल र शुद्ध तोरीको तेल उद्योग संचालन गरिरहेको छ ।
त्यस्तैगरी, कृषि स्रोत केन्द्र सावुन र गोलभेडा प्रसोधन उद्योग संचालनको तयारी पनि गरिरहेको छ । ११ हजार ५७९ शेयर सदस्य रहेको उक्त सहकारीले महिलासँगै युवा स्वरोजगार र किसानहरुले उत्पादन गरेको कुरालाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आएको छ ।
मकवानपुरबाट सुरु भएको उक्त सहकारी चितवन र ललितपुरमा पनि शाखा विस्तार गर्न सफल भएको छ । सहकारीको ११ वटा शाखा र मुख्य कार्यालयसहित १२ वटाबाट बित्तिय कारोबार रहेको छ । सहकारीबाट करिब ३ हजार जना स्वरोजगार बनेका छन् । प्रदेश सरकारबाट सहकारी पदक प्राप्त गरेको दिव्यतारा सहकारीले जनताको जीवनस्तर उकास्ने काम गर्दै आएको छ । वार्षिक कारोबार २० अर्ब रहेको सहकारीले राष्ट्रिय सहकारी बैंकबाट उच्च कारोबार गरेबापत सम्मान र संघबाट सम्मान पाएको छ ।
डीनाले महिला सशक्तिकरणको लागि सुरुवात गरेको सहकारीले हाल मकवानपुरसँगै अन्य जिल्लामा पनि महिला र युवा स्वरोजगारसँगै कृषि उत्पादनलाई पनि जोड दिएर काम गरिरहेको छ । केहिदिन अघिमात्रै चुनावी अभियानअन्तर्गत हेटौंडा–१५ पुगेकी डीनालाई त्यहाँको महिलाहरुले सहकारीमार्फत आफूहरुलाई विगतमा तालिम दिएकोमा धन्यवाद् समेत दिएका थिए । डीनाले आत्मनिर्भर बन्नको लागि दिएको तालिम र सहकारीबाट प्राप्त व्यवसायिक आर्थिक सहयोगले आफूले आर्थिक उपार्जन गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















