२० कार्तिक, थाहा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
थाहा नगरपालिका वडा नम्वर–३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले गाउँटोलको विकास गर्दै जनताको जीवनसँग जोडिएका आधारभूत आवश्यकतालाई पूरा गरिने बताए ।
कांग्रेस धैर्यता, सहनशिलता, अनुशासन र इमान्दारिता बोकेको पार्टी भएकाले कांग्रेसको तर्फबाट गठबन्धनप्रति कुनै पनि खल्लोपन र तिक्तता नभएको उल्लेख गर्दै यो क्षेत्रमा कसैले पनि आफ्नो पार्टीको उम्मेदवार छैन भनेर निर्वाचन प्रचारप्रसारमा कमीकमजारी नगर्न आग्रह गरे ।
उनले गठबन्धनबीच धोका भएमा संविधान र गणतन्त्र विरोधीहरु अगाडि आउनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै लागिपर्न निर्देशन दिए । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि ८७ भन्दा बढी योजना सो क्षेत्रमा परेको बताउँदै ती योजनालाई पूरा गर्न गठबन्धनको नेतृत्वले जित्नुपर्ने उनले बताए ।
‘संविधानविरोधीहरु युवा हुँ भन्दै भोट माग्न आएर हुँदैन, यो लोकतान्त्रिक गठबन्धन संविधान र व्यवस्था जोगाउने, जनताको जीवनस्तरमा वृद्धि, गाउँटोलको विकास हाम्रो मुल लक्ष्य हो । गठबन्धनका कुनै पनि दलले खल्लोपन र तिक्तता नराखी हरेक टोलटोलमा हर्ष, खुशी र उल्लासका साथ निर्वाचन केन्द्रित प्रचारप्रसारमा लागि मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार जिताउनुहोला ।’ उनले भने ।
कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेशसभा (क) को उम्मेदवार कुमारी मोक्तान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, थाहा नगर उपसभापति नवराज कार्की, ४ नम्वर वडा सभापति श्रीकृष्ण केसी, १० का सभापति कुलचन्द्र अर्याल, नेताहरु खड्ग गोपाली, भरत गोपाली, पदमबहादुर तितुङ, भरत लामा र जयराम लामिछानेलगायतको उपस्थिति थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















