२८ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्वर २ को २ का उम्मेदवार ईन्द्र्रबहादुर बानियाँले बानियाँले नेपाली कांग्रेसको सिद्धान्त कहिल्यै पुरानो नहुने बताएका छन् ।
कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले कम्युनिष्टहरु जस्तो बेला बेलामा नाम र सिद्धान्त फेर्ने पार्टी कांग्रेस नभएको बताए । उनले भाषणा मात्रै गर्ने कम्युनिष्टहरुले जनता झुक्याउन बेला बेलामा नाम र सिद्धान्त फेर्ने गरेको भन्दै राणाकालदेखि कांग्रेस जनतामाझ रहेको बताए ।
थाहा नगरपालिका ७ र ८ को संयुक्त चुनाव प्रचार प्रसार कार्यालय आग्राको गैरीगाउँमा उद्घाटन गर्दै बानियाँले नाम फेरेपनि काम नगर्ने कम्युनिष्टहरुलाई मकवानपुरे जनताले चिनिसकेको भन्दै यसपालीको निर्वाचनमा उनीहरुलाई दण्ड दिने दावि गरे । उत्तरी मकवानपुरलाई पर्यटन क्षेत्रको विकासको लागि सबैभन्दा ठूलो महादेवको मूर्ति निर्माण गर्ने बताए ।
यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले थाहानगरलाई तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरीने बताए । लोकतान्त्रिक गठबन्धनको सक्रियतामा हेटौंडालाई प्रदेश नम्वर ३ को अस्थायी राजधानी घोषणा गरिने भन्दैै स्थायी रुपमा राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धन जित्नु जरुरी रहेको बताईन् ।
नेपाली काँग्रेस थाहानगरपालिका ७ नम्वर वडाका सभापति शिवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटा, थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस ४ नम्वर क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, राप्रपा मकवानपुरका क्षेत्रीय सदस्य चक्रमती मुक्तान, जिल्ला सदस्य रामबहादुर घले लगायतको आतिथ्यता रहेको थियो ।
एमाले र माओवादीबाट ८ जना काँग्रेस प्रवेश
थाहानगरपालिका ७ र ८ मा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ८ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले थाहानगरपालिका ३२ वर्ष सक्रिय कार्यकर्ता भई राजनीति गरेका विद्युत विष्ट, प्रकाश विष्ट, बेलबहादुर तितुङ, देवबहादुर वाइवा, नेकपा माओवादी केन्द्रका क्षेत्रीय सदस्य तथा संविधान सभाको उम्मेदवार शुक्र गोले, सुन्दर गिरी, भिमबहादुर योञ्जन अदिप विष्टसहितका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका विद्युत विष्टले आफु कुनै स्वार्थ नबोकी थाहानगरको विकासको लागि काँग्रेसमा प्रवेश गरेको बताए ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















