२३ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह गरिन् ।
‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु,’ उनले भनिन्, ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले आफ्नो राजनितीको मुख्य उदेश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने दावी गरिन् ।
नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जमान सिं वाईबाले लोकतान्त्रिक बाम गठबन्धन सरकारको पहलमै बजेट विनियोजन भएर उक्त क्षेत्रमा अति समस्याको रुपमा रहेको खानेपानीको व्यवस्था गर्न सफल भएकाले जनताले उचित मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा, ईन्द्रसरोबर गाउँपालिका १ का वडा अध्यक्ष सुवास आले मगर लगायतले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















