२७ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार कुमारी मोक्तानले आईतबार उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गरेकी छन् ।
कोण सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचित भएपछि स्थानीय सबै समस्याको पहिचान गरी समाधान एवं विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘प्रदेश सांसद र केही समय मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकासको लागि धेरै बजेट ल्याई विकास गर्ने काम गरेको छु,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी मोक्तानले भनिन्े, ‘अझै यस क्षेत्रमा धेरै बजेट र विकासको आवश्यकता छ, त्यसका लागि मलाई र गठबन्धनलाई भोट दिएर जिताउँनुस ।’
विगतको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा र चुनाबी कोण सभामा उत्साहजनक जनसहभागितालाई हेर्दा कुमारी मोक्तानको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जमिन दियालीले बताए ।
थाहा नगरपालिकाको वडा नम्बर ४ को ठुलो माखु र रुप्से तथा वडा नम्बर ५ को पिङडाँडा, भट्टीडाँडा र खोलाखर्कमा चुनाबी सभा आयोजना गरिएको हो । वडा नम्बर ४ को कार्यक्रम नेपाली काँग्रेस थाहा ४ का वडा सभापती श्रीकृष्ण केशीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट ‘आदर्श’ लगायतले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई भोट दिई जिताएर थाहा नगरसँगै जिल्ला, प्रदेश र देशको विकासमा योगदान दिन सबैलाई आग्रह गर्नुभयो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
-1668341703.jpg)
















