Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सपना बाँँड्न हैन जिल्लाको विकास गर्न आएको हुँः उपाध्याय

Dina-1668345285.jpg

२७ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आफू सपना बाँड्न नभई मकवानपुरमा विकासको मुल फुटाउन आएको बताएकी छिन् । 
चुनावी अभियान अन्तर्गत आइतबार मकवानपुरगढीको १, २, ३ र ४ नम्बर वडाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक पटक सांसद् र मन्त्री हुँदा पनि केही नगर्नेहरुले अहिले पनि नारा र सपना मात्र बाँडिरहेको बताइन् । 
‘मैले धेरै ठाउँमा भनिसकेको छु म सहजै प्राप्त पहिलो नम्बरको समानुपातिकको नाम छोडेर मकवानपुरको क्षेत्र नम्बर १ मा प्रत्यक्ष निर्वाचनमा होमिएको छु । म सांसद् मात्रै हुनका लागि उम्मेदवार भएको होइन’, डिनाले भनिन्, ‘यहाँका जनतासंग सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको हुँ ।’ 
मकवानपुरगढीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल गर्ने उनको भनाई थियो । आफ्नो कार्यकालमा मकवानपुरगढीका सुकुम्बासीको समस्या समाधान गर्दै घरघरमा लालपुर्जा लिएर पुग्ने डिनाले प्रतिबद्धता जनाइन् । यसअघि जितेका प्रतिनिधि गाउँ फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले ५ बर्षसम्म जनताले चाहेको विकासका योजनामा जनतासंगै रहेर काम गर्ने बताइन् । 
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुरको विकास र समृद्धिका लागि चुनावपछि पनि साझा भएर काम गर्ने प्रतिबद्धता जनाए । ‘हामी गठबन्धनको साझा उम्मेदवार हौं । चुनावपछि पनि साझा भएरै काम गर्नेछौं’, उनले भने, ‘संविधान र गणतन्त्रको रक्षा एवम् मुलुकको विकास र समृद्धिका लागि संविधान पक्षधर दलहरु गठबन्धनसहित चुनावमा आएका छौं । 
संविधान नै नमान्ने र मास्न खोज्नेहरु पनि मिलेर आएका छन् जनताले त्यस्ता तत्वलाई परास्त गर्ने बेला आएको छ ।’ छिन्तुले गढीदेखि ठिंगनको लटरम्मेश्वरसम्म आन्तरिक र बाह्य पर्यटक भिœयाउने गरी विकास गर्ने प्रतिबद्धता जनाए । 
कांग्रेस मकवानपुरगढी ४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक  सर्केस घलान लगायतका नेताहरुले जिल्लाबासीको हितका लागि गठबन्धनको उम्मेदवारको जित आवश्यक रहेको धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार