२७ कार्तिक,हेटौंडा । मकवानपुरका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले आइतबार कानूनव्यवसायीसँग निर्वाचनका सन्दर्भमा छलफल गरेका छन् ।
लोकतान्त्रिक, प्रगतिशिल, समावेशी तथा पेशागत कानून व्यवसायीहरुले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारलाई पु¥याउन सकिने सहयोगका विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा मकवानपुर–१ प्रतिनिधि सभाकी उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाले मकवानपुरे जनताको विकासको आकांक्षा पुरा गर्न आफुले प्रत्यक्ष निर्वाचनमा होमीएको बताइन् । ‘मकवानपुरमा गर्नुपर्ने विकाससम्बन्धि कामको म सँग योजना छ ।’ उनले भनिन्–‘अबको पाँच बर्ष जनताकै बिचमा रहेर नमुना काम गर्ने लक्ष्य बोकेर हिंडेको छु ।’
मकवानपुर प्रदेशसभा १ (ख)का उम्मेदवार आनन्दराम पराजुलीले आफु हिंजो जनप्रतिनिधि नहुँदा पनि जनताका समस्यामा सधैं सँगै रहेकोले यसपटक जनताले सेवा गर्ने अवसर दिनेमा आफु ढुक्क रहेको बताए।कानून व्यवसायीहरुले मकवानपुरमा रहेका लोकतान्त्रिक बाम गठबन्धनका ६ जनै उम्मेदवारलाई विजयी गराउन सबैले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रजातान्त्रिक कानून व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कानून व्यवसायीहरु बरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, केशवप्रसाद काफ्ले, सुर्यचन्द्र न्यौपाने र एकराज वास्तोला तथा अधिवक्ताहरु केशव गौतम, ईश्वरराज ढकाल, अप्सरा बस्नेत, श्रद्धा ढुंगाना, रमा चौलागाई लगायतको उपस्थिति थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















