२९ कात्तिक,हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नं. ८ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
मंगलबार भएको सभामा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबोधन गर्नु भएको छ ।
संवोधनकै क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिरोध खतिवडाले यस क्षेत्रको बिकासका लागि गठबन्धन सरकार बनेपछि धेरै बजेट ल्याउन सकिएको बताउनुभयो । उहाँले संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । खतिवडाले समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यक्ता भएको बताए।
त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएकी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको बताउनु भयो । मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्नु रहेको बताउनुभयो । सो बिकासको लागि आफु प्रतिबद्ध भएको समेत उहाँले बताउनुभयो । मोक्तानले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफु लगायत गठबन्धनका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउन अनुरोध गरेेेका छन्।
बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटि थाहा ८ का संयोजक राम कुमार घलानको अध्यक्षतामा भएको सभाको माओवादी केन्द्र थाहा नगर कमिटि उपाध्यक्ष सुमन कार्कीले सञ्चालन गरेेेका थिए।
नेकपा (एकीकृत समाजवादी)का थाहा नगर सचिव हरिबहादुर स्याङ्तानले स्वागत गर्नुभएको सभामा नेपाली कांग्रेस महासमिति सदस्य जयराम लामिछाने, माईकल रामचन्द्र अर्याल, क्षेत्रिय सभापति खड्ग गोपाली, थाहा नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नं. २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, थाहा नगर कमिटि सचिव लक्ष्मण बिष्ट, नेकपा (एकीकृत समाजवादी)का बागमति प्रदेश सदस्य गौतम बुद्ध लामा, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेद्वार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको...