Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ: थ्यांक यु ईन्द्र बानियाँ

Screenshot_20221116-07541-1668564828.jpg

मेरो नाम सूर्यबहादुर रुम्बा हो । म मकवानपुरगढी–७ को वडाध्यक्ष हुँ । २०७२ मा पर्सागढी नगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा दूर्घटनामा परी मेरो दायाँ खुट्टा गुम्यो । कृत्रिम खुट्टा हालेर अहिले हिँडडुल गरिरहेको छु । कृत्रिम खुट्टाको साहारामा अहिले वडावासीको सेवामा खटिइरहेको छु । २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिएँ । आफ्नो कार्यशैली र जनताप्रतिको सेवाभावकै कारण मलाई पुनः वडाबासीले २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्ष बनाए । 
दोस्रो पटक वडाको नेतृत्व गर्ने अवसर मलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले दिनुभएको हो । त्यति मात्रै होइन ईन्द्र बानियाँज्यूले नै मलाई नयाँ जीवन दिनुभएको छ । दूर्घटनापछि जीवनमा केही गर्न सक्छु भन्ने हौसला नै गुमाएको थिएँ । तर, उहाँले मेरो हरेक कदममा मद्धत गर्दै आउनुभएको छ ।
दूर्घटनामा परी बेहोस अवस्थामा रहेका बेला ईन्द्र बानियाँको पहलमा मलाई काठमाडौँको बिएण्डबी हस्पिटल पुर्याइयो । लामो समय राप्रपाको राजनीतिमा सक्रिय रहेको म २०७० मा कांग्रेस प्रवेश गरेको हुँ । ग्रामिण क्षेत्रमा पुगी जनताको हितका लागि सेवा गर्ने, सबैलाई समान व्यवहार गर्ने बानियाँबाटै प्रभावित भएर म कांग्रेसको राजनीतिमा आएको हुँ । ईन्द्र बानियाँज्यू जनताको नेता हो । पार्टी नभनी काम गर्नुभएको छ । कांग्रेस, माओवादी, एमाले कसैलाई विभेद गर्नुभएको छैन । उहाँ विकासप्रेमी नेता हो । उहाँसँग काम गर्ने क्षमता, शैली दुवै छ । मेरो व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ । थ्यांक यु ईन्द्र बानियाँ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार