Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डिना र पराजुली घरदैलोमा व्यस्त

घयदैलो-1668582492.jpg

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन।

यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर-१ प्रतिनिधिसभा तथा प्रदेशसभा-१(ख) का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको विभिन्न वडाको घरदैलोमा व्यस्त रहेका हुन्।

बुधबार बिहान लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार समितिको आयोजनामा हेटौंडा-६,७ र १५ मा भएको छुट्टाछुटै घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै महालक्ष्मि उपाध्याय डिनाले  पटक पटक चुनाव जितेर जाने,५०भन्दा बढी  बर्ष सरकारमा बस्ने र सिन्का नभाच्नेलाई भोट दिने नहुने भन्दै गठबन्धनलाई भोट किन भन्नै कुरा स्पष्ट परेकी थिइन्।

उनले कोणसभामा केपि ओलीले मतदाताको मतको अपमान गर्दै जनतालाई धोखा दिएको सुनाउदै प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै हो भनिन्।डिनाले तिनै वडाको घरदैलो र कोणसभालाई सम्बोधनका क्रममा ओलीको तानाशाही प्रवृत्तिले झन्डै देश दुर्घटना परेको कुरा बताइन्।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा १(ख) उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डा अरूलाई गालि गर्नु भन्दा पनि काम गरेर देखाउने भएको बताए। 

पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन्। उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए। 'चुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु  बराबर हो'-पराजुलीले भने। 

आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दु:ख र सुखमा कहिलै पछि नहट्ने बताए।पराजुलीले  हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरेका छन्। 

घरदैलोमा कांग्रेसको तर्फबाट प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार कृष्ण कुमारी अग्रवाल,लक्ष्मी श्रेष्ठको पनि सहभागीता रहेको थियो। घरदैलोमा   चुनाव प्रचारप्रसार संयोजक र गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

FB_IMG_1668582593391-1668582634.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार