Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गरिब निमुखा जनताको पक्षमा गठबन्धन उभिन्छः बानियाँ

Screenshot_20221116-17540-1668600711.jpg

३० कात्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधैं गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् । बुधबार कैलाश गाउँपालिका ६ नम्बर वडाको पकनीमा भएको चुनावी भेलामा बोल्दै बानियाँले जनताको उन्नति रोजगारका साथै उनीहरुको अवस्था सुधार्न लोकतान्त्रिक बाम गठबन्धनको सरकार बन्नु जरुरी रहेको बताए । 

‘लामो संघर्षबाट मुलुकको व्यवस्था बदल्यौं अब जनताको अवस्था बदल्ने बेला आइसकेको छ । अब लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले गाउँमुखी, गरिबमुखी, न्यायमुखी भए्र जनताको स्वास्थ्य, शिक्षा, रोजगारका साथै विकास निर्माणमा लाग्नेछ ।’ बानियाँले भने ।

नेकपा एमाले मुलुकको वर्तमान व्यवस्थाको विरुद्धमा रहेको भन्दै आगामी निर्वाचनबाट जनताले त्यस्तो शक्तिलाई परास्त गर्र्नेमा विश्वस्त रहेको बताए । ‘अबको निर्वाचन भनेको ब्यवस्था मास्ने र बचाउने बीचको लडाईं हो । गरिब र गरिबी  घटाउने उद्देश्य बोकेको लोकतान्त्रिक बाम गठबन्धनलाई जनताले अत्याधिक मत दिन्छन् भन्नेमा हामी ढुक्क छौं ।’ बानियाँले भने । 

एमाले नेतृत्वको प्रदेश सरकार हुँदा विकट गाउँमा विकासलाई बेवास्ता गरिएको भन्दै बानियाँले लोकतान्त्रिक बाम गठबन्धनको सरकार आएपछि १० महिनाकै अवधिमा कैलाशमा करोडौं बजेट हाल्न सफल भएको सुनाए । निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने र बागमती प्रदेशमा ५ वर्षभित्र प्रदेश रिङरोड बनाउनुका साथै १० हजार विपन्न परिवारको घर बनाइदिने मुख्य लक्ष्य लिएको पनि बानियाँले बताए । 

लोकतान्त्रिक बामगठबन्धन चुनाव प्रचारप्रसार समिति कैलाश ६ का संयोजक ठूलोकान्छा लामाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभ सदस्य उम्मेदवार  विरोध खतिवडा, माओवादी केन्द्र बागमती प्रदेश सदस्य ओमबहादुर घलान, माओवादी केन्द्र बागमती प्रदेश सदस्य सीता पुलामी, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, एकीकृत समाजवादी मकवानपुर २ (ख) का संयोजक टंकबहादुर मुक्तानलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमकैबीच नेकपा एमालेनिकट युवा संघका जिल्ला सदस्य धनराज मुक्तानको नेतृत्वमा २१ जना कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रदेश सभापति बानियाँले नवप्रवेशीलाई सदस्यता दिँदै पार्टीमा स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार