३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन ।घरदैलोमा मतदाताले उम्मेदवारहरुलाई माला र खादा तथा दही सगुन खुवाएर स्वागत गरेका छन्।
यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा–१(ख) का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको विभिन्न वडाको घरदैलोमा व्यस्त रहेका हुन्।
यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार समितिको आयोजनामा हेटौंडा– २ को संगमचोक, चौकी टोल, मानस चोक, मनकामना चोक, वडा नम्बर ६ को गौरिटार, चुच्चेखोला, लाहुरे टोल, पुतलीबजार, ७ नम्बरको शान्ति टोल, न्यरेनी चिसापानी, वडा नम्बर १० को राममन्दिर, र १५ नम्बरको रातोमाटेमा भएको छुट्टाछुटै घरदैलोमा मतदाताले सगुन खुवाएर उम्मेदवारहरुलाई स्वागत गरेका थिए । ति वडाहरुमा भएको कोणसभालाई सम्बोधन गर्दै महालक्ष्मि उपाध्याय डिनाले पटक पटक चुनाव जितेर जाने,५०भन्दा बढी बर्ष सरकारमा बस्ने र सिन्का नभाच्नेलाई भोट दिने नहुने भन्दै गठबन्धनलाई भोट किन भन्नै कुरा स्पष्ट परेकी थिइन् ।
उनले कोणसभामा केपि ओलीले मतदाताको मतको अपमान गर्दै जनतालाई धोखा दिएको सुनाउदै प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै हो भनिन् । डिनाले तिनै वडाको घरदैलो र कोणसभालाई सम्बोधनका क्रममा ओलीको तानाशाही प्रवृत्तिले झन्डै देश दुर्घटना परेको कुरा बताइन् ।
त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा १(ख) उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डा अरूलाई गालि गर्नु भन्दा पनि काम गरेर देखाउने भएको बताए । पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन् । उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए । ’चुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर हो’–पराजुलीले भने ।
आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दुःख र सुखमा कहिलै पछि नहट्ने बताए।पराजुलीले हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरेका छन् ।घरदैलोमा कांग्रेसको तर्फबाट प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार कृष्ण कुमारी अग्रवाल,लक्ष्मी श्रेष्ठको पनि सहभागीता रहेको थियो।घरदैलोमा चुनाव प्रचारप्रसार संयोजक र गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...