३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन ।घरदैलोमा मतदाताले उम्मेदवारहरुलाई माला र खादा तथा दही सगुन खुवाएर स्वागत गरेका छन्।
यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा–१(ख) का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको विभिन्न वडाको घरदैलोमा व्यस्त रहेका हुन्।
यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार समितिको आयोजनामा हेटौंडा– २ को संगमचोक, चौकी टोल, मानस चोक, मनकामना चोक, वडा नम्बर ६ को गौरिटार, चुच्चेखोला, लाहुरे टोल, पुतलीबजार, ७ नम्बरको शान्ति टोल, न्यरेनी चिसापानी, वडा नम्बर १० को राममन्दिर, र १५ नम्बरको रातोमाटेमा भएको छुट्टाछुटै घरदैलोमा मतदाताले सगुन खुवाएर उम्मेदवारहरुलाई स्वागत गरेका थिए । ति वडाहरुमा भएको कोणसभालाई सम्बोधन गर्दै महालक्ष्मि उपाध्याय डिनाले पटक पटक चुनाव जितेर जाने,५०भन्दा बढी बर्ष सरकारमा बस्ने र सिन्का नभाच्नेलाई भोट दिने नहुने भन्दै गठबन्धनलाई भोट किन भन्नै कुरा स्पष्ट परेकी थिइन् ।
उनले कोणसभामा केपि ओलीले मतदाताको मतको अपमान गर्दै जनतालाई धोखा दिएको सुनाउदै प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै हो भनिन् । डिनाले तिनै वडाको घरदैलो र कोणसभालाई सम्बोधनका क्रममा ओलीको तानाशाही प्रवृत्तिले झन्डै देश दुर्घटना परेको कुरा बताइन् ।
त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा १(ख) उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डा अरूलाई गालि गर्नु भन्दा पनि काम गरेर देखाउने भएको बताए । पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन् । उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए । ’चुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर हो’–पराजुलीले भने ।
आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दुःख र सुखमा कहिलै पछि नहट्ने बताए।पराजुलीले हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरेका छन् ।घरदैलोमा कांग्रेसको तर्फबाट प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार कृष्ण कुमारी अग्रवाल,लक्ष्मी श्रेष्ठको पनि सहभागीता रहेको थियो।घरदैलोमा चुनाव प्रचारप्रसार संयोजक र गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
















