Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्थिक समृद्धि ल्याउन कुशल राजनितिज्ञ *चाहिने :अर्थविद् वाग्ले

20211116075934_IMG_2841-1668615251.JPG

३० कार्तिक,हेटौंडा। अर्थविद् स्वर्णिम वाग्लेले देशमा आर्थिक समृद्धि ल्याउन कुशल राजनीतिज्ञ चाहिने र राजनैतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

नेपाल लोकतान्त्रिक व्यापार संघ,नेपाल उद्योग व्यापार महासंघ,नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको संयुक्त आयोजनामा उद्योग व्यवसायीहरूको वर्तमान समस्या र यसको समाधान सम्बन्धमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले कुशल राजनीतिज्ञ नहुदा आर्थिक समृद्धि प्राप्त नहुने र देशमा आर्थिक तलरताको अवस्था आउने भन्दै आर्थिक समृद्धिका लागि कुशल राजनीतिज्ञ र स्थिर राजनैतिक अवस्था आवश्यक रहने बताएका हुन। 

राष्ट्रिय योजना आयोगका पुर्व  उपाध्यक्ष समेत रहेका वाग्लेले कार्यक्रम बोल्दै  कोभिड र रुस र युक्रेनको युद्धका कारण विश्वमा मुल्य वृद्धि बढेको र त्यसको असरले हाम्रो भान्छामा महँगी बढेको तथ्याङ्क सुनाउदै अमेरिका लगायतका देशले मौद्रित नितिमा कडाई गर्दा वैङकले व्याजदर बढाए कर्जा संचित गरेको कुरालाई स्पष्ट समेत पारेका छन्।

उनले नेपालको आयातमुखी अर्थतन्त्र रहेकोले नेपालमा निर्यातमुखी अर्थतन्त्र नहुदा सम्म आर्थिक समस्या कायम रहने भन्दै अर्थतन्त्रको जहाजलाई सुरक्षित अवतरण गर्न आवश्यक रहेको बताए।उनले नेपालमा आएको चर्को व्यादर र आर्थिक तलरता भने विश्वको सन्दर्भमा रहेको आर्थिक समस्या भने ठ्याकै फोटो कपी नभएको उल्लेख गरे।

'नेपालमा श्रीलङ्का जस्तो अवस्थामा नहुने तर त्यस्तो प्रकारको झिल्का भने देखा परेको छ'-डाक्टर वाग्लेले भने।वाग्लेले बैङ्कमा मौज्दात नरहेकोले आयात धान्नु नसक्दा, कोभिड र आतङ्कवाद र कुशासनका कारण श्रीलङ्का टाट पल्टेको स्पष्ट पारेका थिए।विप्रेसणका कारण १० अर्ब डलर मौज्दात रहेको र त्यसले ६।७ महिना धान्ने समेत बताए। गतिशील अर्थतन्त्र आवश्यक रहेकोले नयाँ ऐन निर्माण र अनावश्यक ऐन सम्बोधन गर्ने गरी कांग्रेसको घोषणापत्रमा आर्थिक एजेन्डाको कुरालाई पस्केको कुरा सुनाए। वाग्लेले नेपालमा १० बर्ष देखी विप्रेसणले गर्दा उपयोग्य सामान खरिद गर्नेको संख्या बढेको र विप्रेसणका कारण बैङ्कबाट कर्जा वितरण भएको ,स्थानीय वस्तु भन्दा विदेशी सामान निर्यात सहज भएकोले मुद्रा वैदेशिएको बताए। 

उनले कार्यक्रममा गठबन्धनको सरकारले मुद्रा मौज्दात कायम गर्न विलासिताको सामानमा आयतामा कडाइ गरेको भन्दै घर जग्गा र विलासिताको सामान खरिद गर्न रकम खर्च गर्नुभन्दा कर्जा उत्पादनमुखी कार्यमा लगाउन आवश्यक रहेको बताए।

कार्यक्रममा प्रतिनिधीसभा मकवानपुर क्षेत्र नम्बर -१ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर १(ख) का उम्मेदवार आनन्दराम पराजुली,मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी,नेकपा(एस)का केन्द्रीय सदस्य मधु अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतम लगायताकले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गायक तथा संगितकार चेतन सापकोटाले सांगेतिक प्रस्तुती दिएका थिए। अन्तरक्रिया कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ वागमती प्रदेश उपाध्यक्ष सुन्दर न्यौपाने,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष सुवास ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार