३० कार्तिक,हेटौंडा। अर्थविद् स्वर्णिम वाग्लेले देशमा आर्थिक समृद्धि ल्याउन कुशल राजनीतिज्ञ चाहिने र राजनैतिक स्थिरता आवश्यक रहेको बताएका छन्।
नेपाल लोकतान्त्रिक व्यापार संघ,नेपाल उद्योग व्यापार महासंघ,नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको संयुक्त आयोजनामा उद्योग व्यवसायीहरूको वर्तमान समस्या र यसको समाधान सम्बन्धमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले कुशल राजनीतिज्ञ नहुदा आर्थिक समृद्धि प्राप्त नहुने र देशमा आर्थिक तलरताको अवस्था आउने भन्दै आर्थिक समृद्धिका लागि कुशल राजनीतिज्ञ र स्थिर राजनैतिक अवस्था आवश्यक रहने बताएका हुन।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका वाग्लेले कार्यक्रम बोल्दै कोभिड र रुस र युक्रेनको युद्धका कारण विश्वमा मुल्य वृद्धि बढेको र त्यसको असरले हाम्रो भान्छामा महँगी बढेको तथ्याङ्क सुनाउदै अमेरिका लगायतका देशले मौद्रित नितिमा कडाई गर्दा वैङकले व्याजदर बढाए कर्जा संचित गरेको कुरालाई स्पष्ट समेत पारेका छन्।
उनले नेपालको आयातमुखी अर्थतन्त्र रहेकोले नेपालमा निर्यातमुखी अर्थतन्त्र नहुदा सम्म आर्थिक समस्या कायम रहने भन्दै अर्थतन्त्रको जहाजलाई सुरक्षित अवतरण गर्न आवश्यक रहेको बताए।उनले नेपालमा आएको चर्को व्यादर र आर्थिक तलरता भने विश्वको सन्दर्भमा रहेको आर्थिक समस्या भने ठ्याकै फोटो कपी नभएको उल्लेख गरे।
'नेपालमा श्रीलङ्का जस्तो अवस्थामा नहुने तर त्यस्तो प्रकारको झिल्का भने देखा परेको छ'-डाक्टर वाग्लेले भने।वाग्लेले बैङ्कमा मौज्दात नरहेकोले आयात धान्नु नसक्दा, कोभिड र आतङ्कवाद र कुशासनका कारण श्रीलङ्का टाट पल्टेको स्पष्ट पारेका थिए।विप्रेसणका कारण १० अर्ब डलर मौज्दात रहेको र त्यसले ६।७ महिना धान्ने समेत बताए। गतिशील अर्थतन्त्र आवश्यक रहेकोले नयाँ ऐन निर्माण र अनावश्यक ऐन सम्बोधन गर्ने गरी कांग्रेसको घोषणापत्रमा आर्थिक एजेन्डाको कुरालाई पस्केको कुरा सुनाए। वाग्लेले नेपालमा १० बर्ष देखी विप्रेसणले गर्दा उपयोग्य सामान खरिद गर्नेको संख्या बढेको र विप्रेसणका कारण बैङ्कबाट कर्जा वितरण भएको ,स्थानीय वस्तु भन्दा विदेशी सामान निर्यात सहज भएकोले मुद्रा वैदेशिएको बताए।
उनले कार्यक्रममा गठबन्धनको सरकारले मुद्रा मौज्दात कायम गर्न विलासिताको सामानमा आयतामा कडाइ गरेको भन्दै घर जग्गा र विलासिताको सामान खरिद गर्न रकम खर्च गर्नुभन्दा कर्जा उत्पादनमुखी कार्यमा लगाउन आवश्यक रहेको बताए।
कार्यक्रममा प्रतिनिधीसभा मकवानपुर क्षेत्र नम्बर -१ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर १(ख) का उम्मेदवार आनन्दराम पराजुली,मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी,नेकपा(एस)का केन्द्रीय सदस्य मधु अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतम लगायताकले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गायक तथा संगितकार चेतन सापकोटाले सांगेतिक प्रस्तुती दिएका थिए। अन्तरक्रिया कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ वागमती प्रदेश उपाध्यक्ष सुन्दर न्यौपाने,नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर अध्यक्ष काव्यमणी अधिकारी र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष सुवास ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...