३० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको ३,४ र १० को सानोपोखरी र सिपुभञ्याङ् मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता र प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाको आतिथ्यतामा प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बाल्दै प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको विकट कैलासलाई कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि आफु सधै प्रतिबद्ध रहेको बताउदै हारे पनि जिते पनि कैलासको विकासमा सधै लागि पर्ने बताईन ।
उपाध्यायले लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताईन ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले मकवानपुरको छतिवन, हटिया, हर्नामाडी जस्तै कैलासको विकास र जनताको समुद्धि आफ्ने एजेण्डा भएको बताउदै कैलासमा पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
प्रचारप्रसार समिति संयोजक सुर्य बहादुर तितुङ्को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत, निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली काग्रेस हेटौडा नगर सभापति आन्नद पराजुली काँग्रेस क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण नेता राजेश भेटवाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
साथै कैलास गाउँपालिका १० सिपुभञ्याङमा पहिलो पटक मोटर गाडी पुगेकोले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सहित चालकलाई फुलमालाले स्वागत गरिएको पत्रकार सुजन विडारीले जानकारी दिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

