Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जाँदै गर्दा बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे प्रगति विवरण

324776070_892423751769505-1673248560.jpg

२५ पुस, हेटौंडा । बागमती प्रदेशको पहिलो कार्यकालको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले आइतबार आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन्। 
प्रदेश प्रमुख यादवचन्द्र शर्माले पौष २५ गते अपराह्न ४ बजे दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम दिन मुख्यमन्त्री पाण्डेले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्। 
गत २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्री सम्हालेका राजेन्द्र पाण्डेले २०७९ पौष २४ गतेसम्म १४ महिना अर्थात् ४३८ दिनको अवधिमा गरेका कामको उपलब्धि आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्। 
मुख्यमन्त्री पाण्डेले सार्वजनिक प्रशासन एवं कर्मचारी व्यवस्थापन, नीति तथा योजना निर्माण, विपद् व्यवस्थापन, वन तथा वातावरण क्षेत्र, भूमि व्यवस्था तथा सहकारी क्षेत्र, श्रम, रोजगार, युवा तथा खेलकुद क्षेत्र, पर्यटन क्षेत्र, यातायात क्षेत्र, खानेपानी सिँचाइ तथा ऊर्जा क्षेत्र, पूर्वाधार विकास क्षेत्र, कृषि क्षेत्र, स्वास्थ्य र शिक्षा तथा सामाजिक क्षेत्रमा आफ्नो कार्यकालमा उपलब्धिपूर्ण काम गरेको दाबी गरेका छन्।
उनले यस अवधिमा विभिन्न विषयसँग सम्बन्धित ६ वटा ऐन, ९ वटा अध्यादेश, ३ वटा नियमावली, एउटा विनियमावली, २ वटा निर्देशिका, १९ वटा कार्यविधि, ५ वटा मापदण्ड तथा एउटा आदेश गरी कानुनी आधार तयार गरिएको दाबी गरेका छन्।
मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६० दशमलव १४ किलोमिटर कच्ची, २०० दशमलव ७७ किलोमिटर ग्राभेल, ११६ दशमलव ८६ किलोमिटर कालोपत्रे, ७३ दशमलव ९३ किलोमिटर ढलान सडक र १९ वटा पुल तथा झोलुंगे पुल-ट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको उल्लेख गरेका छन्।
यस्तै, प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषद्बाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको, शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ जारी गरिएको, प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको उनले उपलब्धि भनेका छन्।
मुख्यमन्त्री पाण्डेले प्रदेशभरिका १३ वटा अस्पतालहरूलाई स्तरोन्नति गरी विशेषज्ञ सेवासहित सञ्चालन, धादिङ अस्पताल, हेटौँडा अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालबीच मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता भएको विषयलाई उपलब्धि मानेका छन्।
यसैगरी, एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७८-७९ मा १५७ जना विद्यालयमा नर्सलाई नियुक्ति दिई सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको र चालू आर्थिक वर्षमा मा ६० जना विद्यालय नर्स नियुक्तिको प्रक्रियामा रहेको विषय उल्लेख गरेका छन्।
प्रदेश कृषि विकास अध्यादेश, २०७९ जारी गरी सोबमोजिम किसान परिचयपत्र वितरण कार्यविधि, २०७९ राजपत्रमा प्रकाशित गरिएको, कृषि औजार कारखाना स्थापना कार्य अगाडि बढाइएको, विदेशी लगानीकर्ता खोजी गरी संघीय सरकारसँगको समन्वयमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना स्थापना गर्न प्रक्रिया सुरु गरिएको विषयलाई पनि उनले उपलब्धिका रूपमा समेटेका छन्। 
हेटौँडामा प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र तोकी सञ्चालनमा ल्याइएको, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण कार्य सुरु गरिएको, हेटौँडामा स्थापना भएको दुग्ध पाउडर प्लान्ट निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको बताएका छन्।
सवारीचालक अनुमतिपत्रको लागि साबिकमा यातायात व्यवस्था विभागबाट मापदण्ड निर्धारण हुँदै आएकोमा आवश्यक मापदण्ड निर्धारण प्रदेश मन्त्रालयबाटै सुरु गरिएको, विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणालीमा सुधार गरी साबिकमा रहेको करिब १३ लाख ५० हजार प्रतीक्षा सूचीमा रहेका आवेदकहरूले तत्काल सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था गरिएको, आवेदन गरेको १५ दिनभित्रै सवारीचालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने सुविधा सुनिश्चित गरिएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन्।
दोस्रो प्रदेश खेलकुद सञ्चालनका लागि २०७९ को चैतमा आयोजना गर्ने गरी तयारी गरिएको प्रदेश युवा नीति, २०७९ जारी गरिएको, प्रदेश खेलकुद नीति, २०७९ को तर्जुमा गर्न कार्यदल गठन गरिएको, गौरीटार रंगशालाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको, सहकारी अनुगमनसम्बन्धी नयाँ मापदण्ड जारी गरी सूचक निर्धारणसहित अनुगमन तथा नियमन कार्य सुरु गरिएको, सामाजिक सुरक्षाका लागि दाउरा आपूर्ति कार्यविधि, २०७९ स्वीकृति गरी गरिब तथा असहाय परिवारलाई निःशुल्क दाउरा उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको कुरालाई मुख्यमन्त्री पाण्डेले उपलब्धिका रूपमा लिएको उल्लेख गरेका छन्। 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार