File Photo
३ मंसिर, हेटौँडा । आसन्न निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभा उम्मेदवार इन्द्रबहादुर बानियाँले जिल्लामा लोकतान्त्रिक गठबन्धन जितको नजिक रहेको दावी गरेका छन् ।
राक्सिराङ–४ मा आईतबार भएको कोणसभा तथा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटनमा उनले पछिल्लो समय काँग्रेस प्रवेश गर्ने क्रम बढेको र जनताले समेत लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन चाहेको उनले बताए । काँग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जितले मात्र मकवानपुरसहित देशको मुहार फेरिन सक्ने दावी गरे ।
‘मुलुकमा भएका सबै परिवर्तन र आन्दोलनहरु काँग्रेसको नेतृत्वमा मात्रै सफल भएको छ । यस्तै विकास निर्माणमा पनि काँग्रेसले अगुवाई गरेको जनताले बुझेकै छन’, उनले भने, ‘हामी जे बोल्छौँ त्यो गछौँ । कम्युनिष्टले जस्तो काँग्रेसका नेताहरुले फोस्रा भाषण गर्ने अनि आश र त्रास बाँड्ने काम गर्दैनौँ ।’
काँग्रेसले चिल्ला र झुटा भाषणलाई भन्दा जनताको कामलाई प्राथमिकता दिएकै कारण विषम् परिस्थितीहरुमा समेत काँग्रेसलाई जनताले माया गरिरहेको दावी गरे । आफ्नो जिविका चलाउनको लागि ठेकेदारी काम गर्दै आएको र जनतालाई दुःख दिने काम अहिलेसम्म नगरेको बानियाँले बताए ।
कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले साविकको मकवानपुर क्षेत्र नम्बर २ र ४ को विकासको लागि प्रदेशसभामा इन्द्र बानियाँ र प्रतिनिधीसभामा महालक्ष्मी उपाध्याय डीनालाई जिताउनु आवश्यक रहेको बताएका थिए ।
माओवादी जिल्ला सदस्यसहित १२१ काँग्रेसमा
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य विश्वराज थिङ र नेकपा एमालेका जीवन थिङसहित एकसय २१ जना काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्र बानियाँले टीका र माला लगाएर काँग्रेसमा स्वागन गरेका हुन् । नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीले स्थान दिँदै जाने बानियाँले आश्वासन दिए । नव प्रवेशी थिङले राक्सिराङमा माओवादी पार्टी संरक्षण गरेर बसेको बताउँदै अहिले वाम गठबन्धनको नाममा पार्टी समाप्त पार्ने र कुर्सीको लागि नेताहरुले जे पनि गर्न पछि नपरेकोले माओवादी छोडेको बताए ।
मकवानपुरको विकासको लागि इन्द्र बानियाँ र महालक्ष्मी उपाध्याय डीनालाई जिताउनको लागि आफूसहित एकसय २१ जना काँग्रेसमा गोलबन्द भएको उनले बताए । विकाशको लागि सक्षम, इमान्दार एवम् मन्त्री बन्न सक्ने हैषियतको नेताहरु मकवानपुरले पाएको भन्दै थिङले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आजैदेखि लागिपर्ने घोषणा गरे ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
