Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती गोल्डकपको उपाधि भुट्निजले जित्यो

IMG_20230118_063936-1674003301.jpg

४ माघ, हेटौंडा । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न बागमती गोल्डकपको उपाधी अमेरिकाको भुट्निज स्पोर्टसले जितेको छ ।
मंगलबार सम्पन्न पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनलमा संकटा क्लबलाई सडन डेथमा पराजित गर्दै भुट्निजले गोल्डकपको उपाधि जितेको हो ।
बागमती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलको निर्धारित समयमा भुट्निज स्पोर्टसका लागी प्रविण वस्नेत र संकटाका लागी सुनिल बलले २÷२ गोल गरेका थिए । खेलको १० औं मिनेटभित्र भुट्निजले दुई गोलको अग्रता बनाएपनि जितको लागि सडनडेथसम्म पुग्नु परेको थियो । 
भुट्निजका ८ खेलाडीको पेनाल्टी गोलमा परिणत हुँदा संकटाका ७ जना खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएपनि सुरजज्यु ठकुरीको प्रहार भने भुट्निजका गोलरक्षक पुजन थापा मगरले बचाउँ गरेका थिए । भुट्निजका गोलरक्षक मगर नै खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । 
भुट्निजका लागि प्रविण बस्नेतले खेलको पहिलो मिनेट मै गोल गर्दै अग्रता दिलाएका थिए । उनै बस्नेतले खेलको छैठौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 
तर संकटाका सुनिल बलले खेलको १० औं र २० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सुनिलले पहिलो गोल हेडमार्फत् गरेका थिए भने दोस्रो गोल पेनाल्टिमार्फत गरेका थिए । २० औं मिनेटमा डिबक्सभित्र भुट्निजका खेलाडीले हातले बल छोएपछि संकटालाई पेनाल्टीको अवसर प्राप्त भएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका संकटाका सुरजज्यू ठुकरीले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै भुटनिजका गोलरक्षक पुजन मगर, फरवार्ड प्रविण बस्नेत र प्रशिक्षक प्रदीप हुमागाईं तथा संकटाका डिफेन्डर कुलदीप कार्की र मिडफिल्डर सुनिल बल उत्कृष्ट घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यो जीतसँगै वाग्मती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । पौष २४ गतेबाट सुरु भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब, दुई स्थानीय र एक विदेशी टिमको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार