Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती गोल्डकपको उपाधि भुट्निजले जित्यो

IMG_20230118_063936-1674003301.jpg

४ माघ, हेटौंडा । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न बागमती गोल्डकपको उपाधी अमेरिकाको भुट्निज स्पोर्टसले जितेको छ ।
मंगलबार सम्पन्न पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनलमा संकटा क्लबलाई सडन डेथमा पराजित गर्दै भुट्निजले गोल्डकपको उपाधि जितेको हो ।
बागमती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलको निर्धारित समयमा भुट्निज स्पोर्टसका लागी प्रविण वस्नेत र संकटाका लागी सुनिल बलले २÷२ गोल गरेका थिए । खेलको १० औं मिनेटभित्र भुट्निजले दुई गोलको अग्रता बनाएपनि जितको लागि सडनडेथसम्म पुग्नु परेको थियो । 
भुट्निजका ८ खेलाडीको पेनाल्टी गोलमा परिणत हुँदा संकटाका ७ जना खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएपनि सुरजज्यु ठकुरीको प्रहार भने भुट्निजका गोलरक्षक पुजन थापा मगरले बचाउँ गरेका थिए । भुट्निजका गोलरक्षक मगर नै खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । 
भुट्निजका लागि प्रविण बस्नेतले खेलको पहिलो मिनेट मै गोल गर्दै अग्रता दिलाएका थिए । उनै बस्नेतले खेलको छैठौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 
तर संकटाका सुनिल बलले खेलको १० औं र २० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सुनिलले पहिलो गोल हेडमार्फत् गरेका थिए भने दोस्रो गोल पेनाल्टिमार्फत गरेका थिए । २० औं मिनेटमा डिबक्सभित्र भुट्निजका खेलाडीले हातले बल छोएपछि संकटालाई पेनाल्टीको अवसर प्राप्त भएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका संकटाका सुरजज्यू ठुकरीले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै भुटनिजका गोलरक्षक पुजन मगर, फरवार्ड प्रविण बस्नेत र प्रशिक्षक प्रदीप हुमागाईं तथा संकटाका डिफेन्डर कुलदीप कार्की र मिडफिल्डर सुनिल बल उत्कृष्ट घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यो जीतसँगै वाग्मती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । पौष २४ गतेबाट सुरु भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब, दुई स्थानीय र एक विदेशी टिमको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार