Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमतीमा मकवानपुरका दुईजना मन्त्री बने

327458613_574946121184124-1674643910.jpg

११ माघ, हेटौंडा । बुधबार दिउँसो पूर्णता पाएको बागमती प्रदेशको मन्त्रिपरिषदमा मकवानपुरका दुईजना मन्त्री बनेका छन् । मकवनपुरका एमालेबाट निर्वाचित एकालाल श्रेष्ठ र माओवादी केन्द्रबाट निर्वाचित कुमारी मोक्तान मन्त्री बनेका हुन् ।
श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री र मोक्तान सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्री श्रेष्ठ र मोक्तानले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको शिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।
एमालेबाट मन्त्री बनेका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका आनन्दाराम पराजुलीलाई पराजित गरेका हुन् । यस्तै मोक्तान मकवानपुर क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले एमालेका विष्णु प्रसाद ढकाललाई पराजित गरेकी हुन् । मोक्तान यसअभि पनि राजेन्द्र पाण्डेको मन्त्रिपरिषदमा सामाजिक विकास मन्त्री नै रहेकी थिइन् ।
पौष २५ गते नियुक्ती लिएर २६ गते पद तथा गोपनीयताको शपथ लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ११ गते मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । उनले सक्ता गठबन्धन दलहरु एमाले, माओवादी र राप्रपाबाटगरि ८ जना नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिदैँ मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । प्रदेशमा साझेदार दलहरु एमाले र माओवादीबाट ४÷४ र राप्रपाबाट ३ जना मन्त्री बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार