Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुर पास्टर एशोसिएशनको अध्यक्षमा थाहाका पास्टर गोपाली चयन

327376098_130501279361231-1674746252.jpg

१२ माघ, हेटौंडा । मकवानपुर पास्टर एशोसिएशनको अध्यक्षमा थाहाका पास्टर सुवास गोपाली चयन भएका छन् । बिहीबार भएको मकवानपुर पास्टर एशोसिएशनको १२ औँ अबिधेशनले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णु लाल प्रजा र रमिला शर्मा, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष मदन सिं सिन्तान चयन भएका छन् । यस्तै सदस्यहरुमा पुर्ण लामा, सामेल राई,विजय बजगाई र मिन बहादुर रुम्बा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गोपालीले आफ्नो कार्यकालमा मकवानपुर पास्टर एशोसिएशनलाई स्वर्णिम बर्ष र दिन बनाउने बताए । उनले एशोसिएशनले सबै क्षेत्रलाई समेटेर नेतृत्व, व्यक्तित्व विकास गर्न तर्फ लाग्ने भन्दै ईसाईहरुको हकहितको लागि आवाज उठाउन सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाले गरेका गतिविधिहरुलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतको माध्यमबाट प्रचारप्रसार गर्ने ठुला ठुला सभा सम्मेलन, चंगाई कार्यक्रम राख्ने, खिष्ट्रियन सामाजिक, सांस्कृतिक, धार्मिक पर्व र उत्सवहरुलाई बढवा दिने, मण्डली मण्डलीबीच एकता र जागृति ल्याउन भुमिका खेल्ने, मकवानपुर पास्टर एशोसिएशनलाई आधिकारिक रुपमा दर्ता गर्ने, आफ्नै जग्गा र भवनको लागि पहल गर्ने लगायतको काम गर्ने योजना अघि सारेको अध्यक्ष गोपालीले बताए ।
एशोसिएशनका अध्यक्ष दिपक भोलनको सभाध्यक्षतामा भएको कार्यक्रममा एनसिएफ नेपालको अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङ,हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामा लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार