Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

११ मन्त्रालय हुँदा बागमतीमा वार्षिक २ करोड २० लाख जोगिने

Bagmati-CM-1674789953.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने भएको छ ।प्रदेश सरकारले १४ बाट ११ मन्त्रालय बनाउँदा एउटा मन्त्रालयको सचिवालयका लागि भैपरी आउनेबाहेक गर्नै पर्ने अनिवार्य खर्च मात्रै जोगाउँदा पनि वार्षिक २ करोड २० लाख ४६ हजार ८ ७७ रुपैयाँ जोगिने भएको हो । 
प्रदेशमा मन्त्रालयको संख्या घटाउन बनेको सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाउँदै प्रतिमहिना एउटा मन्त्रालयको सचिवालयमा ७३ लाख ४८ हजार ९५९ रुपैयाँ खर्च हुने उल्लेख गरेको छ । कार्यदलले माघ १० गते सकारलाई प्रतिवेदन बुझाएको हो  ।
प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रालयमा मन्त्री र सचिवको सचिवालय खर्चको विश्लेषण गरेको थियो । यो खर्चमा मन्त्री सचिवसहित सचिवालयका कर्मचारीहरूको मासिक तलब र महँगी भत्ता तथा नियमअनुसार मन्त्री र सचिवले पाउने सुविधा जोडिएको सचिव निरौलाले जानकारी दिए । 
कार्यदलले तयार पारेको प्रतिवेनअनुसार प्रदेशमा अहिले ३ मन्त्रालय मात्रै घट्दा पनि त्यसको तीन गुणा अर्थात् २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने देखिएको हो । प्रतिवेदनअनुसार अहिलेकै तलबमान अनुसार बागमती प्रदेशमा ११ वटा मन्त्रालय सञ्चालनका लागि सचिवालयको खर्च एक वर्षमा ८ करोड ८ लाख ३८ हजार ५४९ रुपैयाँ हुने देखिन्छ ।
कार्यदलका संयोजक एवं सचिव निरौलाका अनुसार कार्यदलले दिएको अर्को सुझावअनुसार ९ वटा मात्रै मन्त्रालय कायम गरेको भए ३ करोड ६७ लाख ४४ हजार ७९५ जोगिने थियो । प्रमुख सचिव नेतृत्वको कार्यदलले माघ १० गते बागमतीमा ९ वा ११ मन्त्रालय राख्न सकिने आधारसहितको सुझाव दिएको थियो । 
कार्यदलले ९ वटासम्म मन्त्रालय घटाउन सुझाव दिएको भए पनि सत्तासमीकरण दलहरूमा भागबन्डा मिलाउनुपर्ने भएपछि माघ १० गते नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा ११ वटा मन्त्रालयको विकल्प रोजेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार