Email :- prastakhabar@gmail.com
राजनीति

रवि लामिछानेको सांसद पद खारेज

rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद  खारेज गरिदिएको हो ।  
लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकताका विषयया लामिछानेलाई विपक्षी बनाउदै  रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।
लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ । 
यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ । सो अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यार्थीले जिकिर लिएको नपाइएको अदालतको फैसलामा उल्लेख छ । 
‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७ (१) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न मिलेन’, अदालतको फैसलामा भनिएको छ । 
लामिछानेले विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने अदालतको ठहर छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार