१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरि करिब ४० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेलले हेटौंडेली दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुती दिदैं झुमाएका थिए । उनीहरुले विभिन्न आफ्ना गीतहरु प्रस्तुत गर्दै महोत्सवको रौनकलाई अझ तताएका थिए ।
महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई हसाउँदै आफ्नो प्रस्तुती दिएका थिए । प्यारोडी गीत, क्यारिकेचरमा पोख्त रहेका चर्चित हास्यकलाकार राजा राजेन्द्रले महोत्सवमा दर्शकलाई हसाएका थिए । आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, स्याण्डअप कमेडियन सीता न्यौपानेको धमकेदार प्रस्तुती रहने र हरेक दिन दर्शकहरुको संख्या वृद्धि भइरहेको महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह-आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
माघ ११ गते शुरू भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।
८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...
८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३०...
८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...
८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...
८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी...
८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बुधबार बिहान धरान चतरा सडक खण्ड...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...