Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडा महोत्सवमा शनिबार ४० लाखको कारोबार

kiran-bhujel-1674918891.jpg

१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरि करिब ४० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । 
शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेलले हेटौंडेली दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुती दिदैं झुमाएका थिए । उनीहरुले विभिन्न आफ्ना गीतहरु प्रस्तुत गर्दै महोत्सवको रौनकलाई अझ तताएका थिए ।  
महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई  हसाउँदै आफ्नो प्रस्तुती दिएका थिए । प्यारोडी गीत, क्यारिकेचरमा पोख्त रहेका चर्चित हास्यकलाकार राजा राजेन्द्रले महोत्सवमा दर्शकलाई हसाएका थिए । आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, स्याण्डअप कमेडियन सीता न्यौपानेको धमकेदार प्रस्तुती रहने र हरेक दिन दर्शकहरुको संख्या वृद्धि भइरहेको महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । 
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले  प्रतिस्पर्धा गरिरहेका छन् ।   
महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह-आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
माघ ११ गते शुरू भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार