१७ माघ, हेटौंडा । रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन सोमबार सहिद दिवसको दिन ‘सहिदको सपना र आजको नेपाल’ बिषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम गरिएको छ ।
रेडियो मकवानपुरमै भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा नभएको गुनासो गरेका छन् । सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले मुलुकको परिवर्तनका लागि सयौंले बलिदानी दिएपनि अझै जनताले सुखको अनुभव गर्न नसकेको बताए । यस्तै समालोचक एवम् साहित्यकार घनश्याम घिमिरेले केही हदसम्म समाज र व्यवस्था परिवर्तन भएपनि सहिदको सपना भने पूरा हुन नसकेको धारणा राखे । अहिले अवस्थाले सहिदको आत्मा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले जनताको मुहारमा हाँसो नभएको बताए । सहिद को हो भन्ने नै समस्या रहेको स्मरण गर्दै उनले राष्ट्र, समाज र परिवर्तनको लागि लडेकाहरु नै सहिद हुन् भन्ने बुझ्न जरुरी रहेको औंल्याए ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले मुलुकको सकारात्मक परिवर्तनका लागि सहिदले बलिदानी दिएको भएपनि त्यसको कदर हुन नसकेको बताए । मुलुकमा विभिन्न नामको तन्त्र आएपनि देशले भने गति प्राप्त गर्न नसकेको उनको भनाई थियो ।
आँचल साहित्य कला पुञ्जका उपाध्यक्ष नीरा शर्माले मुलुकको विकास, समृद्धि एवम् परिवर्तन नै सहिदको सपना भएपनि त्यो पूरा हुन नसकेको बताइन् । अझै नेपालमा गाँस, बास, कपासको लागि आत्मदाह गर्नुपर्ने अवस्था रहेको भन्दै दुःख व्यक्त गरिन् ।
प्रगतिशिल लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यले देश र जनताको लागि ज्यान नै दिनु सामान्य कुरा होइन भन्ने बुझ्न जरुरी रहेको औंल्याए । अब हुने सहिदका कार्यक्रमहरु कतै औपचारिकतामै सिमित हुने त होइन भन्दै उनले प्र्रश्न गरे । मुलुकमा राजाको छोरा नै राजा हुने प्रथाको अन्त्य भएपनि दुखी गरिबको अवस्था उस्तै रहेको आचार्यको भनाई थियो ।
रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरुले सहिदसँग सम्बन्धित कविता वाचन समेत गरेका थिए । २२ गतेसम्म विविध कार्यक्रमको आयोजना हुँदैछ ।
आइतबार श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ ।
यस्तै २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन, दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ । रेडियोले बार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान समेत प्रदान गर्नेछ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















