१७ माघ, हेटौडा । उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्री दीपक बहादुर सिंहले धर्म र संस्कृतिको संरक्षणले विकास निम्त्याउन सकिने बताएका छन ।
हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमको १४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री सिहले आफूले निर्वाचनको समयमा यहि वृद्धाश्रममा आएर आशिर्वाद मागेको र त्यो आशिर्वादकै कारण आफू निर्वाचित भएको बताएका छन्। आफू सदैव मकवानपुरे जनताको साथमा रहने उल्लेख गदै वहाँले अव मकवानपुरको समग्र विकासमा आफू सर्मपित हुने उल्लेख गरे । मन्त्री सिंहले भने हिन्दु राष्ट्रको पक्षमा आफ्नो पार्टी सदैव लागिरहने र यसैको माध्यमबाट मात्रै सिङगो देशको हित हुन्छ । मकवानपुरे फाँटमा सिचाईको ब्यवस्था गरि उत्पादन बढाउन आफूले भूमिका निर्वाह गर्ने मन्त्री सिहको भनाई थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै वृद्धाश्रमको समग्र विकासको लागि ५ करोड ४० लाखको योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा संयोजक टिकाराम न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, वडा सदस्य लेखकुमारी तिमल्सिना, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रीनिवास लक्ष्मीनारायण मन्दिरका अध्यक्ष जनार्दन पौडेल, वृद्धाश्रमका सचिव नवराज न्यौपाने, रंगनाथ दाहाल लगायतको सहभागिता थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...