Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा १७ स्थित श्रीमद् भागवत बृद्धाश्रमलाई खाद्यान्न सहयोग

328655670_172150455830636-1675170492.jpg

१७ माघ, हेटौंडा । रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।
हेटौंडा–१७ मा रहेको बृद्धाश्रमलाई मंगलबार बिहान एक कार्यक्रमकाबीच चामल, दाल, तेल, सावुन लगायतका सामग्री सहयोग गरिएको हो । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएकोे कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । 
उक्त अवसरमा वडा अध्यक्ष दाहालले बृद्धाश्रमलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रेडियोले बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरेर समाजमा योगदान पु¥याएको भन्दै उनले प्रशंसा गरे । रेडियोका अध्यक्ष पराजुलीले सामुदायिक रेडियोको कर्तव्य पूरा गर्न लागिपरेको बताए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा सदस्य एवम् बृद्धाश्रमका सचिव नवराज न्यौपाने, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य विजय पौडेल, बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाल, आबाल ब्रम्हचारी नारायण स्वामी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका कार्यसमिति सदस्य बालगोपाल कंडेल, लगायतको आतिथ्यता रहेको थियो । 
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बाल अधिकार विषयमा विद्यालयस्तरीय कविता प्रतियोगिता, २० र २१ गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा निःशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन, सामुदायिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । 
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमश ः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा समाजमा योगदान पु¥याएका दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान प्रदान गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार