१७ माघ, हेटौंडा । रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।
हेटौंडा–१७ मा रहेको बृद्धाश्रमलाई मंगलबार बिहान एक कार्यक्रमकाबीच चामल, दाल, तेल, सावुन लगायतका सामग्री सहयोग गरिएको हो । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएकोे कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा वडा अध्यक्ष दाहालले बृद्धाश्रमलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रेडियोले बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरेर समाजमा योगदान पु¥याएको भन्दै उनले प्रशंसा गरे । रेडियोका अध्यक्ष पराजुलीले सामुदायिक रेडियोको कर्तव्य पूरा गर्न लागिपरेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा सदस्य एवम् बृद्धाश्रमका सचिव नवराज न्यौपाने, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य विजय पौडेल, बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाल, आबाल ब्रम्हचारी नारायण स्वामी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका कार्यसमिति सदस्य बालगोपाल कंडेल, लगायतको आतिथ्यता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बाल अधिकार विषयमा विद्यालयस्तरीय कविता प्रतियोगिता, २० र २१ गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा निःशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन, सामुदायिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमश ः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा समाजमा योगदान पु¥याएका दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान प्रदान गर्नेछ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















